काठमाडौं- एनएमबि बैंकले नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित सब्जी फलफूल तथा गुद्री बजार, विराटनगरमा क्यूआर कोडमार्फत् कारोबार सुरु गरेको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको उपस्थितिमा क्यूआर कोडबाट भुक्तानीको सुरुवात गरिएको हो।
राष्ट्र बैंकका गर्भनर अधिकारीले नगद कम भन्दा कम प्रयोग गर्न आह्वान गर्दै क्यूआर कोड प्रयोग गरी कागती खरिद गरेर कार्यक्रमको औपचारिक सुरुवात गरेका थिए।
कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले सन्तोषी देवी भगतलाई रू. १० लाख महिला उद्यमी सहुलियत कर्जाको स्वीकृती पत्र प्रदान गर्दै कार्यक्रमको उद्देश्यबारे जानकारी दिए।
कार्यक्रममा उक्त बजार व्यवस्थापन समितिका तर्फबाट सचिव गुड्डु साहेबले बोलेका थिए। उनले क्युआर कोठ भुक्तानीलाई नगदरहित कारोबारलाई प्रोत्साहित गर्ने बताए।
बैंकले साना तथा मझौला उद्यमीलाई विगतदेखि केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको छ।
उक्त परियोजनाको अभिन्न अंगको रुपमा नगदरहित कारोबार प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्यूआर कोडमार्फत् साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङतर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास रहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।