काठमाडौं–हिमालयन बैंक लिमिटेडले पुरातात्त्विक महत्त्वका मन्दिर पुनर्निर्माणको लागि सहयोग गरेको छ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले पाटन दरबार क्षेत्रमा अवस्थित मन्दिर मन्दिर पुनःस्थापनाका लागि काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई १ करोड रुपैयाँ प्रदान गरेको हो।
बैंकका अध्यक्ष तुलसी प्रसाद गौतमले ट्रष्टका कन्ट्री प्रोग्राम डाइरेक्टर रोहित कुमार रन्जितकारलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।
बैंकले आफ्नो स्थापनदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा, प्राकृतिक विपत्तिमा परेकाकाे पुनःस्थापना, संस्कृतिक सम्पदाको संरक्षण, वित्तीय साक्षरता, वातावरण संरक्षण, जनचेतनाजस्ता क्षेत्रमा सहयोग प्रदान गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।