काठमाडौं–नागरिक लगानी कोषले निःसहाय सेवा सदन जेष्ठ नागरिक आवास गृहलाई सहयोग गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोषले सदनलाई २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो।
कोषका निमित्त कार्र्यकारी निर्देशक डा. इन्द्रकुमार कट्टेलले निःसहाय सेवा सदनका उपाध्यक्ष करुणा गोविन्द श्रेष्ठलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।
कोषले प्रदान गरेको रकमले वद्ध–बृद्धालाई आवश्यक सामान खरिद गर्न सहयोग पुग्ने नि.कार्यकारी निर्देशक डा. कट्टेलले बताए। कोषले ३१ औं वार्षिकोत्सवको अवसरमा सो सहयोग गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।