काठमाडौं–एनएमबि बैंकका ग्राहक तथा कर्मचारीले बनेपास्थित द होराइजन होटल र आगन्तुक रिसोर्टमा विशेष छुट पाउने भएका छन्।
बैंकको दुवै रिसोर्टसँग गरेको सम्झौता अनुसार खाना, पेय पदार्थ, आवास, स्पा सुबिधामा १५ प्रतिशत छुट पाउनेछन् । त्यसैगरी, स्विमिङ, हेल्थ क्लब र बर्थ डे केकमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
एनएमबिका रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र द होराइजन होटलका कार्यकारी निर्देशक क्षितिज श्रेष्ठ र आगन्तुक रिसोर्टका प्रबन्ध निर्देशक हरि नेपालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
अत्याधुनिक बैंकिङ सुबिधाका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले एनएमबि बैँकले ग्राहकहरुलाई यो छुटको ब्यवस्था गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।