काठमाडौं- एभरेस्ट बैंकले उदयपुरको गाईघाटमा सेवा विस्तार गरेको छ। बैंकका नायब महाप्रबन्धक डा सन्धिर कुमार र नेपाल उद्योग वाणिज्य संघ, गाईघाटका अध्यक्ष गजेन्द्र भगतले संयुक्त रुपमा बुधबार गाईघाट शाखाको उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा त्रियुगा नगरपालिका(११ का अध्यक्ष भीम बहादुर दाहाल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक, पूर्णबहादुर श्रेष्ठ, बैंकका प्रदेश–१ का प्रादेशिक प्रबन्धक पुष्पराज उप्रेती, मार्केटिङ प्रमुखका साथै अन्य स्थानीय तहका अधिकारीको उपस्थिति थियो।
बैंकका नायब महाप्रबन्धक डा कुमारले गाईघाट क्षेत्रका बासिन्दालाई उच्च गुणस्तरीय सम्पूर्ण अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्न बैंक सफल हुने विश्वास व्यक्त गरे।
बैंकमा हालसम्म ११ लाखभन्दा बढी ग्राहक रहेको बैंकको दाबी छ। योसँगै बैंकले १०२ शाखा संचालनमा ल्याएको छ भने ३१ स्थानमा राजस्व संकलन केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।