काठमाडाैं–माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले एमाले बाहेकको सरकार बनाउने विषयमा नेपाली कांग्रेस र जसपासँग वार्ता भइरहेको बताए। पेरिसडाँडामा चलेको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले यसको जानकारी गराएकाे स्थायी कमिटीको बैठकपछि प्रवक्ता श्रेष्ठले बताए।
नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र जसपासँग भएको छलफलबारे पनि स्थायी समिति बैठकमा प्रचण्डले जानकारी गराएको प्रवक्ता श्रेष्ठले बताए। नेपाली कांग्रेस र राजपासँग चलेको वार्ताको बारेमा बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्रिफिङ गरेका छन्,’ श्रेष्ठले भने, ‘यो छलफल आज पनि जारी रहेको छ।’
त्यस्तै, केन्द्रीय कमिटीको बैठकले चैत १ र प्रशिक्षणात्मक भेला चैत्र २ गते गर्ने निर्णय गरेकाे उनले जानकारी दिए। यसका लागि मापदण्ड निर्धारण गरेको उनले बताए।
पेरिसडाँडामा बसेको बैठकले सरकारलाई दिएको सर्मथन तत्काल फिर्ता लिने बारे कुनै निर्णय नगरेको उनले बताए। त्यस्तै, सरकारमा रहेका माओवादी नेताहरुको बारेमा उनीहरुको धारणापछि मात्र पार्टीले कदम चाल्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।