काठमाडाैं- संसद भवन नयाँ बानेश्वर पुगेका प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा सहभागी नभएर बाहिरिएका छन्।
१ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा सहभागी हुन प्रधानमन्त्री ओली १५ मिनेटअघि संसद भवन पुगेका थिए। बैठक सुरु नहुँदै हिँड्नुको कारणबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले हात हल्लाउँदै भने, ‘यति भए भैगो नि !’
फागुन २३ गते पनि प्रधानमन्त्री ओली संसद बैठक सुरु नहुँदै बाहिरिएका थिए। बुधबारको संसद बैठकमा शोक प्रस्तावको कार्यसूची मात्र रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।