काठमाडौं- जनता समाजवादी पार्टीका शीर्ष ५ नेता छलफलमा जुटेका छन्। बुधबार डा बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र अशोक राई छलफलमा बसेका हुन्।
मंगलबार बसेको सो पार्टीको संसदीय दलको बैठकले सत्ता सहकार्य, पार्टीको पोजिसनलगायतका विषयमा सरकार, एमाले, माओवादी केन्द्र, कांग्रेसलगायतसँग वार्ता गर्न कार्यदल निर्माण गर्ने निर्णय गरेको थियो।
तिनै विषयमा एक मत बनाउन नेताहरुको बैठक बसिरहेको एक नेताले जानकारी दिए। स्थान भने उनले खुलाउन चाहेनन्। 'उहाँहरुको बैठक बसिरहेको छ,' ती नेताले भने, 'उहाँहरुले पार्टीको धारणालाई स्पष्ट पार्नुहुन्छ।' प्रतिनिधि सभा विघटनपछि नै जसपामा दुईथरी धार देखिएको छ। त्यो अद्यापि कायम छ। तर मंगलबार बसेको संसदीय दलको बैठकमा धेरैजसो नेताले प्रधानमन्त्री ओलीलाई साथ दिन नहुने धारणा राखेका थिए।
जसपामा पूर्व समाजवादी पार्टीका नेताहरु प्रधानमन्त्री ओलीसँग आक्रोशित छन्। उनीहरुले ओलीसँग सहकार्य गर्न नहुने पक्षमा छन्। शीर्ष नेताको छलफलमा पनि त्यही मत प्रभावशाली हुन सक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।