काठमाडौं–लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल)ले साढे १० प्रतिशत बोनस दिने भएको छ। इन्स्योरेन्सको हालै सम्पन्न १८औं वार्षिक साधारण सभाले १०.५३ प्रतिशत लाभांश पारित गरेको हो।
नक्सालमा सम्पन्न सभाले लाभांशसँगै आव २०७५\७६ को वासलात र आयव्यय विवरणसमेत पारित गरेको छ। लाभांशमध्ये १० प्रतिशत बोनस सेयर तथा वा ०.५३ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।
आव २०७५\७६ मा कम्पनीले १ लाख ८९ हजार ३२० नयाँ बीमालेख बिक्री गरेको सो अवसरमा बनताइयो। ।
यसैगरी १८औं वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीका तर्फबाट कोमल अग्रवाललाई सञ्चालकमा निर्विरोध चयन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।