काठमाडौं– धनगढीमा साओमी नेपालले आधिकारिक सर्भिस सेन्टर सञ्चालन गरेको छ। धनगढीको लक्ष्मी कम्प्लेक्शमा सञ्चालित सर्भिस सेन्टरको साओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले उद्घाटन गरेका हुन्।
यसअघि साओमीले पोखरा, नारायणघाट, नेपालगन्ज, इटहरी र काठमाडौंका विभिन्न स्थानमा सर्भिस सेन्टर सञ्चालन गरिसकेको छ।
सर्भिस सेन्टर सञ्चालनमा आएसँगै नेपालको प्रयोगकर्ता समुदायमा आधिकारिक उत्पादनको प्रयोग बढेको कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले बताए।
सर्भिस सेन्टर सञ्चालनका अवसरमा साओमीका सबै उत्पादन एक हप्तासम्म निः शुल्क सर्भिसिङ व्यवस्था गरिएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।