काठमाडाैं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास पुगेका छन्।
माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकेर प्रचण्ड सिधै देउवा निवास बूढानीलकण्ठ पुगेको बताइएको छ। माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले भने,‘अध्यक्ष प्रचण्ड कांग्रेस सभापतिलाई भेट्न जानुभएको चाहिँ हो। के कुरा भयो,थाहा छैन।’
स्थायी कमिटी बैठकले कांग्रेस र जनता समाजवादीसँग छलफल गरी नयाँ सरकार बनाउने बारे निर्णय लिने निर्णय गरेको थियो। कांग्रेस-माओवादी केन्द्र–जसपा गठबन्धनले नयाँ सरकार निर्माण हुने विकल्प छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।