काठमाडौं- संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्ध संघीय संसद् सचिवालयमा विरोधको सूचना दर्ता भएको छ।
मंगलबार नेपाली कांग्रेस, माओवादी केन्द्र तथा जसपाका तर्फबाट विरोधको सूचना दर्ता गरिएको माओवादी केन्द्रका सांसद् सन्त थारुले बताए।
सरकारले गत मंसिर ३० गते यो अध्यादेश ल्याएको थियो। र, सोही अनुसार कैयौं आयोगमा नियुक्ति गरिएको छ।
सूचना दर्ता गर्नेमा कांग्रेस सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका सांसद्हरु सन्त थारू, दुर्गाकुमारी विक, यशोदा सुवेदी र टेकबहादुर बस्नेत तथा जसपाका सांसदहरु लक्ष्णलाल कर्ण र मोहम्मद इस्तियाक राई छन्।
फागुन २३ गते बसेको प्रतिनिधि सभाको बैठकमा सो अध्यादेश टेबुल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।