काठमाडाैं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ। सर्वोच्च अदालतको फैसलापछि माओवादी केन्द्रको पहिलो स्थायी कमिटी बैठक हो।
बैठकमा सरकारलाई दिएकाे समर्थन फिर्ता लिने, ओलीतर्फ लागेका नेताहरूलाई फिर्ता बोलाउनेलगायत अजेन्डामा छलफल हुने छ। बैठकमा सरकारका सहभागी भएका रामबहादुर थापा 'बादल', लेखराज भट्ट, टोपबहादुर रायमाझी लगायतका नेताहरुभने उपस्थित छैनन्।
सोमबार नेकपाको प्रचण्ड-माधव पक्षले बैठक गरेका थिए। उनीहरुले सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने र अलग अलग पार्टीका रुपमा रहँदै पार्टीभित्र संघर्ष गर्ने निर्णय गरेर अलग भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।