काठमाडौं–अभिनेतृबाट नेतृ बनेकी रेखा थापा कुन समयमा कस्तो कुरा गर्ने भन्नेबारे निकै जानकार छिन्। फिल्म चलाउने समयमा बिभिन्न फन्डा गर्न मात्रै हैन, चर्चामा रहिरहन के गर्नुपर्छ भन्ने पनि उनलाई राम्रोसँग थाहा छ।
उनै अभिनेतृ रेखा थापाले सोमबार अन्तराष्ट्रिय महिला दिवसका अवसरमा पुरुषका अधिकारबारे प्रश्न उठाइन्। उनले पुरुषहरु कति पडामा छन् भन्ने देखाउन कुनै प्रमाण बाँकी राखिनन्। उनका अनुसार कोभिडले जन्माएको लकडाउनका अवसरमा सबैभन्दा पीडित पुरुष बने।
‘महिलाले त पहिलेदेखि नै घरधन्दा सम्हाल्दै आएका हुन्,’ रेखाले भनिन्, ‘कोभिडको बेलामा पनि त्यही गरे । तर, पुरुषमा अर्थोपार्जनको भार देखियो । परिवारका सदस्यलाई एक्लै कमाएर पालिरहेको पुरुष आम्दानी बन्द हुँदा कति पीडित भए होला ।’
अहिलको समयमा महिला र पुरुषको नाममा द्वन्द्व चलाउने भन्दा कसरी मान्छे बन्ने भन्नेतर्फ ध्यान दिनुपर्ने उनको तर्क थियो । साथै उनले महिला आरक्षणको विरोध गर्दै भनिन्, समानताको कुरा गर्दा हामीलाई किन चाहियो कोटा।’
खुला प्रतिस्पर्धाबाट समान अधिकार खोज्नसमेत उनले आग्रह गरिन। महिला भएकै कारण महिलाले अधिकार पाउनुपर्ने कुराको खुलेर विरोध गरिन् रेखाले।
हामी पुरुषभन्दा निकै अधिकारधारी छौं, ‘कानुनी कुरा उठाउँदै उनले भनिन्, अहिल्यै म कोही पुरुषलाई मलाई हिंसा गर्यो भनेर जेल कोच्न सक्छु ।’
उनले नेपाल चलचित्र बिकास बोर्डको सभाहलमा रहेका सबैतिर औंला उठाउँदै भनिन्, यहाँ भएका हामी कोही पनि बहादुर छैनौं । बहादुर महिला खोज्न त कर्णाली, या तराई जानुपर्छ । आफ्ना सन्तान र श्रीमानका लागि जीवन समर्पण गरेका बहादुर महिलाको कुरा उठान गरिन् उनले ।
अहिलेसम्म पनि नेपाली फिल्मले महिलालाई शृंगारका वस्तुको रुपमा लिएको भन्दै उनले आफूलाई हिरो बनाउन हिम्मतवाली, मालिका जस्ता फिल्म बनाएको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।