काठमाडाैं–बलिउडपछि हलिउडमा चर्चा बटुलिरहेकी नायिका प्रियंका चोपडाले अमेरिकाको न्युयोर्कमा नयाँ रेष्टुरेन्ट सञ्चालन गर्ने भएकी छन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा उद्घाटन गर्न लागेको फोटो राख्दै सो कुराकाे जानकारी दिएकी हुन्।
रेष्टुरेन्टको नाम ‘सोना’ राखिएको छ । उक्त रेष्टुरेन्टमा भारतीय परिकार पाइने पनि उनले जानकारी दिएकी छन्। रेष्टुरेन्टको भित्री डिजाइन, मेनु, नाम तथा त्यहाँ प्रयोग गरिएका हरेक कुरा प्रियंका स्वयंले छनौट गरेकी हुन्।
इन्स्टामा राखिएको फोटोमा प्रियंकाले उनका श्रीमान गायक निक जोनाससँग रेष्टुरेन्टको पुजा गरिरहेकी छन् । रेष्टुरेन्ट यही महिनाको अन्त्यमा सञ्चालनमा आउनेछ।
इन्स्टामा सार्वजनिक गरिएको फोटो भने हालैको नभई दुई वर्ष पुरानो हाे। उनीहरुले सन् २०१९ को सेप्टेम्बरमा नै हिन्दु परम्परा अनुसार पूजा गरेर सोनाको उद्घाटन गरिसकेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।