फाइल तस्बिर।
काठमाडौं- नेकपाको प्रचण्ड-माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले जता रहेपनि लोकतान्त्रिक आन्दोलनमा लाग्ने बताएका छन्।
सोमबार बसेको प्रचण्ड-माधव पक्षको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता नेपालले वाम एकतामा जोड दिइने बताए। उनले सबै पक्ष बिचार गरेर अघि बढ्ने बताए।
‘एमालेको नाममा र माओवादीको नाममा फरक-फरक दल दर्ता भएको सुनेका छौं। त्यो पनि बुझ्छौं। निर्वाचन आयोगले पनि भन्ला’, नेता नेपालले भने। उनले कानुनी पक्षको पनि अध्ययन र परामर्श गर्ने बताए। सजिलै पूरानै दलमा फर्किन मिल्ने/मिल्ने विषयमा अध्ययन गरिने उनको भनाइ छ।
‘सीमित भएर सोच्दैनौं। हाम्रो हृदय विशाल छ’, नेता नेपालले भने, ‘जता रहेपनि लोकतान्त्रिक आन्दोलनमा लाग्छौं। वाम एकताकै पक्षमा लाग्छौं।’ उनले सबै लोकतान्त्रिक शक्तिसँगको सहकार्य र छलफल यथावत रहने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।