काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको नेतृत्वमा मोरङमा नेकपा एमालेको जिल्ला कार्यालय स्थापना गरिएको छ।
सोमबार मन्त्री ढकालसहितका मोरङका नेता/कार्यकर्ताले पार्टी कार्यालय स्थापना गर्दै नेकपा एमालेको बोर्ड राखेका हुन्। बोर्ड भन्दा माथि प्रधानमन्त्री केपी ओलीको प्रतिमा राखिएको छ।
मोरङस्थित् मदन स्मृति भवनमा एमालेको पार्टी कार्यालय स्थापना गरिएको हो। सर्वोच्च अदालतको फैसलापछि विघटित नेकपा एमाले ब्युँताउन नेकपाको ओली पक्ष सक्रिय देखिएको हो।
यसअघि नुवाकोट र पर्वतमा पनि एमालेको कार्यालय पुन:स्थापना गरिएको छ।
मोरङमा एमाले पार्टी कार्यालय स्थापना कार्यक्रममा सहभागी पर्यटनमन्त्री भानुभक्त ढकाल।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।