काठमाडौं–क्लासिक टेकले आफ्नो नेटवर्क विस्तारका क्रममा नेपालगञ्जमा आउटलेट स्थापना गरेको छ। क्लासिक टेकले नेपालगञ्जमा आफ्नो १०१औं आउटलेट स्थापना गरेको हो।
उक्त क्षेत्रका ग्राहकलाई प्रत्यक्ष र सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्यले आउटलेट सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ।
क्लासिक टेकका प्रमुख सेल्स एण्ड मार्केटिङ अफिसर विनयकुमार अधिकारी तथा कम्पनीका फाइबर प्रमुख चम्पक खड्काले संयुक्त रुपमा आउटलेट उद्घाटन गरेका थिए।
कम्पनीले धमाकेदार अफरअन्तर्गत हाल २० एमबिपिएस स्पीडको इन्टरनेट केबल ७९९ प्रतिमहिनामा उपलब्ध गराउँदै आएको छ । अफरमा १५० टिभी च्यानल र युट्यूब समेत हेर्न सकिने सुबिधा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।