• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कस्तो होला ब्युँतिएको एमाले ?

64x64
किशोर दहाल आइतबार, फागुन २३, २०७७  २३:०३
1140x725

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन हुन ठिक्क परेको थियो। पूर्व एमालेको ठूलो पंक्ति र पूर्व माओवादीको लगभग सिंगो स्वरुप एकातिर थिए। 

यो समूहलाई पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले नेतृत्व गरेका थिए। त्यस्तै, पूर्वएमालेको एउटा समूहलाई केपी ओलीले नेतृत्व गरेका थिए। त्यहाँ पूर्व माओवादीको सानो समूह पनि थियो। तर, आइतबार सर्वोच्च अदालतको एउटा फैसलाले राजनीतिक परिदृश्यमा कायपलट ल्याइदिएको छ। नेकपा विभाजन त हुने नै भयो। तर अलि फरक स्वरुपमा।

फैसलासँगै अब तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिने छन्। किनकि, पुनः एकीकरण प्रक्रियामा जोडिन सम्भव देखिँदैन। प्रतिनिधि सभा विघटन गर्ने निर्णयसँगै माओवादीका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणि थापा लगायतका केही नेता ओलीतिर लागेका थिए। उनीहरु माओवादीमा फर्किँदा पनि त्यहाँभित्रको शक्ति संघर्षमा खासै ठूलो उथलपुथल आउने देखिँदैन। तर, एमालेलाई भने माओवादीलाई जति सजिलो हुने देखिँदैन।

नेकपाभित्रको विवादले पूर्वएमालेका शीर्ष नेताहरु मात्रै होइन, मध्यम र तल्ला तहका नेताहरुको सम्बन्धलाई पनि साह्रै तिक्त बनाइसकेको छ। शीर्ष तीन नेताहरु केपी ओली, झलनाथ खनाल र माधव नेपालबीचकै सम्बन्ध यसबीचमा निकै तल्लो अवस्थामा पुगिसकेको छ। खनाल र नेपाल एक पक्षमा छन् भने ओली अर्कोतिर। अन्य नेताहरुबीचको सम्बन्ध पनि तिक्त भएको छ। त्यसैले अहिलेकै अवस्थामा पूर्व एमाले ब्युँतियो भने त्यो प्राविधिक रुपमा जीवित त हुनसक्ला तर जीवन्त भएर अगाडि मुस्किल देखिन्छ।

एमालेमा छलफल र बहसको राम्रो परम्परा थियो। पार्टी कमिटीमा संघर्ष र सहयोगको सम्बन्ध थियो। तर पछिल्लो अवस्थामा पुरानै शैली सम्भव हुने देखिँदैन। जबर्जस्ती ब्युँतिएको पार्टीको दैनिकी सहज रुपमा अघि बढ्न मुस्किल हुन्छ।

केपी ओलीले अझ शक्तिको अभ्यास गर्न सक्नेछन्। पार्टी अध्यक्ष हुनुका कारण उनले पछिल्लो समय प्रचण्डसँग नजिकिएका वा नेकपाको प्रचण्ड-माधव पक्षका खुलेका नेता कार्यकर्ताहरुलाई अवसर र जिम्मेवारी नदिने, कारबाही गर्ने जस्ता उपाय अपनाउन सक्नेछन्।  

उनको विगत हेर्दा त्यसो नगर्लान् भन्न सकिँदैन। तर त्यस्ता हर्कतले पार्टीलाई फलाउने फूलाउने भन्दा पनि प्रतिशोध साँध्ने अखडामा रुपान्तरण  गरिदिने छ। सुरुवातमा यस्ता कमदले आफू पक्षका नेता कार्यकर्तालाई आत्मरति त दिनेछ, तर पार्टीलाई भने क्षय नै पुर्‍याउने छ।

एमालेमा माधव नेपाल र झलनाथ खनाललाई ‘माओवादी गुट’को रुपमा प्रचार गराइने सम्भावना ज्यादा छ। यस्तो मामलामा ओली र उनी निकटका कार्यकर्ता काबिल देखिन्छन्। नेकपामा हुँदाको रिस पोख्ने र बदनाम गर्ने व्यवहार एमाले ब्युँतिएमा अझ उग्र हुनसक्छ।

Ncell 2
Ncell 2
nimb
nimb

एमाले संसदीय दलमा माधव नेपाल र झलनाथ खनाल पक्ष निकै कमजोर छ। नेकपामा अहिले प्रचण्ड-माधव पक्षमा खुलेका प्रतिनिधि सभाका झन्डै ८८ जना सांसद्‌मध्ये ५० जनाजति पूर्व माओवादीकै छन्। ती बाहेकका सांसद् नेपाल र खनाल पक्षका हुन्। जबकि, प्रतिनिधि सभामा एमालेको १२१ सिट छ। राष्ट्रिय सभामा पनि सो पक्ष बलियो छैन। जसले गर्दा संसदीय दलमा सो पक्षलाई कमजोर अवस्थामा पुर्‍याएको छ। 

केन्द्रीय कमिटीमा ४० प्रतिशत पुग्न सक्ने भए पनि संसदीय दलमा ४० प्रतिशत पुग्ने सम्भावना नभएका कारण माधव-झलनाथले एमाले विभाजन गरेर अहिले नेकपामा रहेको प्रचण्ड-माधव पक्षलाई निरन्तरता दिन असम्भव जस्तै छ।

असन्तुष्टि र अराजनीतिक गतिविधि र भाषणबाजी बढ्ने तर सहज निकास नपाउन भएकाले ब्युँतिएको खण्डमा एमाले झन् समस्याको गोलचक्करमा फँस्ने देखिन्छ।

एमालेमा अब महाधिवेशन/विशेष महाधिवेशनको माग पनि उठ्न सक्छ। एमालेले यसअघि २०७१ सालमा महाधिवेशन गरेको थियो। माओवादी केन्द्रसँग एकता नभएको भए उसले २०७६ सालमै महाधिवेशन गरिसक्नुपर्थ्यो। तर, पछिल्लो फैसलासँगै सम्भवतः नेकपा अभ्यासमा रहेको अवधिलाई शून्य समय मानेर अघि बढिनेछ। जसले गर्दा थप केही समय ओलीलाई प्राप्त हुनसक्छ। तर, पार्टीभित्रको शक्ति संघर्षले उसलाई महाधिवेशनतिर धकेल्न सक्छ। तर ओली पक्ष त्यसका लागि सहमत हुने सम्भावना भने न्यून छ।

Xtrem

Xtrem

एमालेको नवौ महाधिवेशनमा ओलीलाई वामदेव गौतम तथा झलनाथ खनालले साथ दिएका थिए। तैपनि माधव नेपाल बलियो प्रतिस्पर्धी बनेका थिए। उनी ओलीसँग अध्यक्षमा जम्मा ४४ मतले पराजित भएका थिए। ओलीले १ हजार ४७ मत पाउँदा नेपालले १ हजार ३ मत पाएका थिए। पदाधिकारीमा पनि नेपाल र ओली समूहका बराबर ७-७ जना निर्वाचित भएका थिए। 

पूर्व एमालेमा तत्कालीन ७५ जिल्लामध्ये ४७ वटामा माधव नेपाल निकट नेताको नेतृत्व रहेको दाबी सो पक्षको छ। तर पछिल्ला ६ वर्षमा उपलब्ध अवसर, पार्टी एकतापछिको परिस्थिति, संघर्षका कारण पुरानो शक्ति सन्तुलनमा हेरफेर आएको हुनसक्छ।

त्यसो त, एमालेको विधानमा सबै कार्यकारी कमिटीमा निर्वाचित वा मनोनित हुन उमेरको हद ७० वर्ष हुने उल्लेख छ। महाधिवेशन कहिले हुने निश्चित नभएको र विधानमा यस्तो व्यवस्था भएका कारण केही शीर्ष नेताहरुले पदीय दायित्व निर्वाह गर्ने अवस्था रहँदैन। यस्तो पृष्ठभूमिमा विभिन्न गुटको उत्तराधिकारी खोज्ने विषयले नयाँ समस्या सिर्जना गर्न सक्छ। 

एउटा अवस्थाबाट अघि गुज्रिसकेको जुनसुकै विषय पुनः विगतमै फर्किनु भनेको अनेक समस्या हुनु हो, निम्तिनु हो। त्यसबाट एमाले पनि मुक्त हुन सक्दैन।
 

प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  २३:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशनमा गगनको अभिव्यक्ति सुनेपछि बालेनको व्यंग्य : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’ प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत, ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका... आइतबार, असोज १८, २०८३
सभामुख अर्याल तान्जानिया प्रस्थान सभामुख अर्याल आइतबार साँझ कतार एयरवेजको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट तान्जानियातर्फ प्रस्थान गरेका हुन... आइतबार, असोज १८, २०८३
एमालेको निष्कर्ष: सरकार स्वेच्छाचारी बन्दैछ, संसद् सत्ताको छायामा पर्‍यो आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले आगामी अधिवेशनमा थप सशक्त भूमिका निर्वाह गर्ने गरी तयारी गर्न... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशनमा गगनको अभिव्यक्ति सुनेपछि बालेनको व्यंग्य : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’ आइतबार, असोज १८, २०८३
सभामुख अर्याल तान्जानिया प्रस्थान आइतबार, असोज १८, २०८३
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध आइतबार, असोज १८, २०८३
सन्दीपदेखि रोहितसम्म ९ खेलाडी ‘टिम एक्सट्रीम’मा, एनपीएलका ७ टोलीको विशेष क्यान सार्वजनिक आइतबार, असोज १८, २०८३
हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : कुलमान घिसिङ आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्