काठमाडौं- नेपाल सरकारबाट 'ए' ग्रेटको परीक्षण ल्याबको मान्यता पाइसकेको विध ल्याबले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण परीक्षणमा विशेष छुटको व्यवस्था गरेको छ।
स्वस्थ महिला, स्वस्थ परिवार नाराका साथ ल्याबले आफ्नो सेवाहरुमा मार्च ५ देखि १५ सम्म विशेष छुटको व्यवस्था गरेको हो।
यस्तै नर्मल हेल्थ प्याकेजअन्तर्गत प्यापसेम, टीएफटी, सेरेलोजी (एचआइभी, भीडीआरएल), आरबीएस, भिटामिनडी र सीबीसीलगायतका परीक्षणरु ३ हजार मै गरिने विध ल्याबले जनाएको छ।
त्यसैगरी टीएफटी, लिव्विडबेस डसिटोलोजी, सेरेलोजी (एचआइभी, भीडीआरएल), आरबीएस, भिटामिनडी, सीबीसी, सीए १२५ र प्रोल्याक्टिनको परीक्षण ५ हजार मै गरिने विध ल्याबका प्रतिनिधि विशंकर पोखरेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।