काठमाडाैं– प्रचण्ड–माधव पक्षलाई कानुनविज्ञले सर्वोच्च अदालतको आइतबारको फैसला राजनीतिक प्रकृतिको भएको टिप्पणी गरेका छन्।
संसद बैठकलाई बिचमा बहिष्कार गरेर कानुन व्यवसायी र कानुनविद्सँग परामर्श गर्न पुगेका प्रचण्ड–माधव पक्षका नेता सिंहदरबार पुगेका थिए। कानुनविद्ले दिएको परामर्श उधृत गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने,‘फैसला अनेपक्षीत छ। बढी राजनीतिक देखियो।’
सर्वोच्च अदालतको फैसलाप्रति पार्टीको निर्णय तय गर्न प्रचण्ड–माधव पक्षले सोमबार स्थायी कमिटीको बैठक सोमबार बोलाएका छ। प्रचण्डले नेपाल लाइभसँग भने,‘फैसला अपेक्षित छैन।फैसला पोलिटिकल प्रकृतिको छ। अध्ययन गरेर धारणा सार्वजनिक गर्छौं।’
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले एमाले र माओवादी केन्द्र अरुका नाममा दर्ता भएको बताएका छन्।
अब प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–माधव पक्षले दलको नाम अरु नै ल्याउनुपर्ने थपलियाको भनाईबारे प्रचण्डले भने,‘ती नामको दल दर्ता भएको छ भन्नु नै गलत हो।नेकपाबाट एमाले र माओवादी केन्द्र कसैले दर्ता गरेको छैन। अरुले गरेको भए त्यो अलग्गै विषय हो। आजको फैसलासँग त्यो विषय जोडिदैन।’
जबरजस्ती जोड्न खोजे राम्रो नहुने प्रचण्डले प्रतिक्रिया दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।