• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन १९, २०८२ Tue, Mar 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पुन:स्थापित संसदमा पहिलो दिनको ४३ मिनेट : अध्यादेश कार्यसूचीमा परेपछि बहिष्कार र विरोध

64x64
नेपाल लाइभ आइतबार, फागुन २३, २०७७  २०:२५
1140x725

काठमाडाैं- आइतबारका लागि तोकिएको पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक निर्धारित समय अपरान्ह ४ बजे सुरु हुन सकेन। तोकिएको समयबाट एक घन्टा पार गरेपछि सुरु भएको सदनमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा पुनःस्थापनाप्रति खुसी व्यक्त गरे।

सभामुख सापकोटाले सदन सुरुवातका लागि राष्ट्रपति कार्यालयले पठाएको पत्र सुनाए। सदनको कार्यसूचीमा केही हेरफेर भएको समेत उनले सुनाए। कार्यसूचीमा भएको हेरफेरप्रति प्रचण्ड-माधव पक्षका सांसदले आपत्ति जनाए। उक्त समूहका सांसदहरु उठेर विरोध गर्न थालेपछि सभामुखले भीम रावललाई बोल्न समय दिए। त्यसैबेला उठेर मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सबैले बोल्न पाउनुपर्ने माग गरे।

सभामुखले रावललाई बोल्ने समय तीन मिनेट निर्धारण गरेका थिए। संविधानमाथिको प्रहार र आघात निस्फल भएको रावलले टिप्पणी गरे। दिवंगत भएका पूर्वसांसद शोक प्रस्ताव पारित गरेपछि सकिनुपर्ने सदनको कार्यसूचीमा अन्य विषय प्रवेश गराइएकोप्रति आपत्ति जनाए।

रावल बोल्दाबोल्दै प्रधानमन्त्री केपी ओली पक्षीय सांसद खगराज अधिकारीले अर्को पक्षका सांसद रावलको प्रतिवाद गरे। संसदको अधिवेशनको पहिलो बैठकमा अध्यादेश पेश गर्ने संसद नियमावली रहेको सुनाए।  

रावल बोल्दाबोल्दै खगराज अधिकारी उठे। संसद नियमावली अनुसार नै अध्यादेश पेश भएको उनले प्रष्टाए। रावललाई रोकेर अधिकारीलाई बोल्न सभामुखले समय दिएका थिए। रावल अझ अघि बढ्दै अदालतले आज गरेको फैसलाप्रति आशंका व्यक्त गर्दै भने, ‘क्षितिजमा अरु अरु समस्या पनि आएको देखेका छौं। अदालतको फैसला आश्चर्यजनक सुनेका छौं। सर्वोच्च अदालतले अब पार्टी निर्माण गर्ने रे। यो कानुनी फैसला हो कि राजनीति फैसला?’

प्रधानमन्त्रीले वर्तमान सदनलाई आफू कुन दलको हो भनि स्पष्ट पार्नुपर्ने अवस्था आएको उनले बताए। प्रधानमन्त्रीले सदनको हत्या गरेको टिप्पणी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हैसियत प्रष्ट पार्नुपर्ने रावलको तर्क थियो।

अदालतले नेकपालाई नचिनेको उल्लेख गर्दै रावलले भने, ‘प्रधानमन्त्री नेकपा यदि होइन भने कुन पार्टीबाट हो अहिले भन्नुपर्दछ। अध्यादेश ल्याउँदा कुन पार्टीको सरकार भन्ने स्पष्ट हुनुपर्‍यो।’ प्रधानमन्त्रीको दलको छिनोफानो भइसकेपछि अध्यादेशको वैधता जाँचिने उनको भनाइ छ। वर्तमान सरकारले वैधता गुमाइसकेको बताउँदै रावलले सदनमा भने, ‘यो सरकारले अध्यादेश ल्याउन सक्दैन।’

संसदमा प्रस्तुत गरिएको अध्यादेश यथोचित भए/नभएको र वैधता प्रधानमन्त्रीको दल छुट्टिएपछि मात्रै सम्भव हुने उनको तर्क थियो। कार्यसूची हेरफेर गरी अध्यादेश पारित गर्नका लागि संसदमा कार्यसूची ल्याइए सदन बहिष्कार गर्ने रावलले बताए। कानुनी बाध्यताले सरकारले अध्यादेश पेश गर्नुपरेको सभामुखको सुनाए।

Ncell 2
Ncell 2

पहिलो दिनको कार्यसूचीमा अध्यादेश पेश हुने व्यवस्था भएको सभामुखले सुनाए। सभामुखले अध्यादेश अघि बढाउने तयारी गरेपछि उठिरहेका प्रचण्ड-माधव पक्षका सांसदहरु बाहिरिए। सभामुखले सदन सञ्चालन जारी राखे। त्यसलगत्तै मन्त्रिमण्डल हेरफेरको राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाए।

प्रधानमन्त्रीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठलाई संवैधानिक परिषद, काम, कर्तव्य र अधिकार कार्यविधि सम्बन्धि पहिलो संशोधन अध्यादेश प्रस्तुत गर्न समय दिए। 

सभामुख सापकोटाले अध्यादेश प्रस्तुत गर्न कानुनमन्त्री श्रेष्ठलाई समय दिनासाथ कांग्रेसका सबै सांसदहरु उठेर टेबल ठोके। कांग्रेसका सांसदको विरोध पछि सभामुखले आफ्ना कुरा राख्न समय दिए। कांग्रेस सचेतक पुष्पा भुसाललाई तीन मिनेटको समय दिए।

भुसालले संविधान र आदर्श विपरीत सर्वोच्च अदालतले संविधानको मूल्य मान्यता कायम राखेको बताइन्। उनले भनिन्, ‘सर्वोच्च अदालतको फैसलाको कांग्रेसले पूर्ण स्वागत गर्दछ।’ संसदलाई सुचारु राख्ने कार्यलाई वर्तमान सरकारले किन व्यवधान गरिरहेको छ ? भनि उनले प्रश्न गरिन्।

प्रचण्ड-माधव पक्षका सांसद सदन बाहिर निस्कनुमा सरकार कारक भएको उनले बताइन्। उनले प्रश्न गरिन,‘सदन विघटन गरेपछि यो सरकारलाई अध्यादेशबाट सरकार चलाउनुपर्ने बाध्यता कहाँबाट आयो?’ अध्यादेशमार्फत् मुलुक नियन्त्रण गर्ने कार्यमा सरकार लागेको उनको आरोप थियो।

संवैधानिक परिषद्ले संविधान विपरीत सिफारिस गरेको भुसालले बताइन्। संवैधानिक परिषद् सम्बन्धी अध्यादेश कांग्रेसले अस्विकार गर्ने सदनलाई जानकारी गराइन्। अध्यादेश संसदबाट फिर्ता गर्न सरकारसँग माग गरिन्।

भुसालले बोलिसकेपछि पनि सदनमा उक्त अध्यादेश प्रस्तुत गर्न सभामुख सापकोटाले पुनः कानुनमन्त्रीलाई समय दिए। कांग्रेस सांसदहरु दोश्रोपटक टेबल ठोक्दै उठे। मन्त्री अध्यादेश प्रस्तुत गर्न पुगेर बोल्नै लागेका थिए, कांग्रस सांसदले विरोधका स्वर बढाए। अध्यादेश संसदमा प्रस्तुत गर्न लागेपछि उठेर विरोध गरिरहे। कानुनमन्त्री श्रेष्ठ रोष्ट्रममा उभिरहे। सभामुखले कांग्रेस सांसदको भनाई दर्ज भइसकेकाले बसेर सदन सुचारु गर्न सहयोग गर्न आग्रह गरे। नियमापत्ति रहेको कांग्रेस सांसदले बोलिरहँदा मन्त्रीले अध्यादेश वाचन गर्न सुरु गरे।

मन्त्रीलाई रोकिन सभामुख सापकोटाले आग्रह गरे। कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणलाई सभामुखले बोल्ने समय दिए। संवैधानिक परिषद्को गठनप्रति खाँणले आपत्ति जनाए। शक्ति पृथकीकरणको सिद्धान्त अनुरुप संवैधानिक परिषद्मा सदस्य रहने व्यवस्था उनले सुनाए। उनले भने, ‘संवैधानिक परिषद्को स्पिरिट सबै अध्यादेशले तोडेको छ। अध्यादेश अविलम्ब फिर्ता गरोस्।’ अध्यादेश फिर्ता नभए संसद अगाडि बढ्न नदिने उनले बताए।

अध्यादेशप्रति सरकारको ध्यानाकर्षण गराउँदै मन्त्री श्रेष्ठलाई अध्यादेश प्रस्तुत गर्न फेरि पनि समय दिए। मन्त्रीले अध्यादेश वाचन गरिरहँदा कांग्रेस सांसद विरोधका लागि फ्लोरमा आइसकेका थिए। कांग्रेसका सांसदले नाराबाजी सुरु गरे।

असंवैधानिक अध्यादेश फिर्ता गर्न मागसहित नाराबाजीमा कांग्रेस सांसदहरु उत्रेपछि सभामुखले बैठक १० मिनेटका लागि स्थगित गरे। १० मिनेटका लागि रोकिएको बैठक सूचना टासेर फागुन २६ सम्मका लागि स्थगित गरिएको छ।

प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  २०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इरानसँगको द्वन्द्वमा ६ अमेरिकी सैनिकको मृत्यु
साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
सम्बन्धित सामग्री
गोरखा–२ मा काँग्रेस र बाबुराम भट्टराईको पार्टीको संयुक्त घरदैलो अभियान प्रलोपा गोरखाका अध्यक्ष नारायण खत्रीको नेतृत्वमा रहेको टोलीले कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीसँग मिलेर सोमबार बिहानैदेखि पाल... सोमबार, फागुन १८, २०८२
बहुजन पार्टीका वरिष्ठ नेता पासवानसहित सयौँको संख्या कांग्रेसमा प्रवेश उनलाई कांग्रेस सभापति गगनकुमार थापाले पार्टीमा स्वागत गरेका छन् । सर्लाही ४ को धनकोल गाउँपालिकामा भएको विशेष कार्यक्रममा पासवानसहितक... सोमबार, फागुन १८, २०८२
निर्वाचन प्रचार-प्रसार निषेध अवधिको सुरक्षा व्यवस्था चुस्त बनाइएको गृहमन्त्री अर्यालको दाबी प्रतिनिधि सभा सदस्य निर्वाचनको समग्र तयारी, सुरक्षा व्यवस्था, आचारसंहिताको परिपालना र कार्यान्वयनबारे निषेध अवधि सुरु हुने पूर्वसन्ध... सोमबार, फागुन १८, २०८२
ताजा समाचारसबै
इरानसँगको द्वन्द्वमा ६ अमेरिकी सैनिकको मृत्यु मंगलबार, फागुन १९, २०८२
साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण मंगलबार, फागुन १९, २०८२
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज होली पर्व मनाइँदै मंगलबार, फागुन १९, २०८२
मौन अवधि सुरु : केके गर्न पाइँदैन ? मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा आक्रमणका लागि आफ्नो देशमा रहेको अमेरिकी सैन्य अड्डा प्रयोग गर्न बेलायतले दियो अनुमति सोमबार, फागुन १८, २०८२
खामेनेईको हत्या विरोधमा अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनका क्रममा २३ जनाको मृत्यु सोमबार, फागुन १८, २०८२
साउदीमा रहेको विश्वकै ठुलो तेल रिफाइनरीमा इरानको हमला सोमबार, फागुन १८, २०८२
लेबननबाट हिजबुल्लाहले गर्‍यो इसराइलमा आक्रमण सोमबार, फागुन १८, २०८२
रामेछापमा निर्वाचन अधिकृत बोकेको गाडी दुर्घटना सोमबार, फागुन १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्