काठमाडाैं– प्रधानमन्त्री एवं नेकपाको संसदीय दलका नेता केपी शर्मा ओलीले दलको बैठक बोलाएका छन्।
ओली निकट नेता सुवासचन्द्र नेम्वाङले संसदीय दलको बैठक बोलाइएको र सबै सांसदलाई बैठकमा उपस्थित हुन निम्तो गरिएको नेपाल लाइभलाई बताए।
सर्वोच्च अदालतले आइतबार नेकपाको नाम सम्बन्धी विवादमा फैसला सुनाउँदै तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकताबाट बनेको नेकपाले मान्यता नपाउने, एमाले र माओवादी छुट्टाछुट्टै दलको अस्तित्व रहने फैसला सुनाएको थियो।
त्यसलगत्तै ओलीले नेकपा संसदीय दलको बैठक बोलाएका हुन्। ओलीले बोलाएको बैठकमा जाने वा नजाने भन्नेबारे पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षका सांसद अलमलमा देखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।