काठमाडौं- संसद् सचिवालयले नेकपाको पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षको पत्र दर्ता गरेको छ। सो समूह आफ्नो पछिल्लो निर्णयलाई दर्ता गराउन संसद् सचिवालय पुगेको थियो।
संसद् सचिवालयका महासचिव भरत गौतमले कानुनी परामर्श गर्ने भन्दै पत्र दर्ता गर्न अस्वीकार गरेका थिए। तर, प्रचण्ड-माधव पक्षले दर्ता नगरी नजाने भनेपछि अन्तिममा पत्र दर्ता गरिएको हो।
प्रचण्ड-माधव पक्षको पत्रमा ११२ जना संघीय सांसद्को हस्ताक्षर रहेको छ। उनीहरुले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरिएको र देव गुरुङलाई प्रमुख सचेतकमा निरन्तरता दिइएको व्यहोरा दर्ता गराएका हुन्। दर्ता नम्बर ६९ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।