• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

नक्कली धनी बनेर जग्गा बिक्री गर्ने गिरोह सक्रिय, ‘टार्गेट’मा महिला जग्गाधनी

64x64
नारायण अधिकारी आइतबार, फागुन २३, २०७७  १३:५५
1140x725
प्रतिकात्मक तस्बिर।

काठमाडौं- जग्गाधनीलाई पत्तै नदिई जग्गा बिक्री गर्दै हिँड्ने एउटा समूह प्रहरी फन्दामा परेको छ। संगठित रुपमा मान्छे जम्मा गराई मालपोतसम्म सेटिङ मिलाएर नक्कली जग्गाधनी खडा गरेर जग्गा बिक्री गर्ने समूहलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ।

बेल्जियममा भएकी एक महिलाको जग्गा काठमाडौंमा नक्कली जग्गाधनी खडा गरी बेचेपछि सुरु गरिएको अनुसन्धानका क्रममा मालपोतका कर्मचारीसहित १२ जना पक्राउ परिसकेका छन्। 

म्याग्दीको साविक बरंजा गाविस–२ की मीना खड्काको नाममा थानकोटमा २० आना जग्गा थियो। कित्ता नम्बर ४२८ र ४२६ गरी उनको नाममा २० आना जग्गा थियो। उक्त जग्गाको चलन चल्तीको भाउले १ करोड रुपैयाँ भन्दा बढी पर्छ। तर, बेल्जियममा रहेकी खड्काको जग्गा नक्कली जग्गा धनी खडा गरेर ७२ लाख रुपैयाँमै बिक्री भएको पाइएको छ।

मीना खड्काको नक्कली नागरिकता बनाउने र सोही आधारमा नक्कली जग्गाधनी पूर्जा बनाएर ठगको एउटा समूहले जग्गा बिक्री गरेको पाइएको छ। मीना खड्काको नक्कली पूर्जा बनाउने र त्यसमा लक्ष्मी घतानीको फोटो टाँस गरी बिक्री गरेको पाइएको हो। 

धनी मिना खड्काको रुपमा लक्ष्मी घतानीलाई खडा गरी मिना खड्काको नामको नक्कली नागरिकता र उनकै नामको नक्कली जग्गाधनी प्रमाणपूर्जा बनाइएको थियो। 

वास्तविक मिना खड्काको विवरण राखेर पूर्जा बनाएको र फोटो लक्ष्मी घतानीको टाँस गरी कीर्ते समेत गरेर ठगी गरेको पाइएको छ। त्यसरी जग्गा धनी पूर्जा बनाएपछि भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ बस्ने कृष्ण गोपाल श्रेष्ठ, रत्न केशरी म्हका श्रेष्ठ, कृष्णभक्त माक श्रेष्ठ, बिजय लक्ष्मी श्रेष्ठलाई ७२ लाखमा बिक्री गरी ठगी गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश कुमार बस्नेतले बताए। 

एउटै जग्गा दुई पटकसम्म बेचेको समेत पाइएको छ। उनीहरूले ७२ लाखमा बेचेको जग्गा काभ्रेको धुलिखेलका कुमार दाहाल खत्रीलाई प्रतिआना १० लाख ५० हजारमा राजीनामा पास गरिदिने भनेर खत्रीबाट गत वर्षको मंसिर ३० गते बैना बापत भनेर ३५ लाख रुपैयाँ लिई ठगी गरेको समेत पाइएको छ। 

उक्त काममा सहयोगी भूमिका निभाएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले मालपोत कार्यालय कलंकी हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका कार्यरत शाखा अधिकृत दीपक दाहाल, सोही मालपोत कार्यालयमा कार्यरत नासु नारायण श्रेष्ठ र सोही मालपोत कार्यालयमा कार्यरत रही हाल राष्ट्रिय किताबखानामा हरिहर भवनमा कार्यरत खरिदार दीपा पंज्ञानीलाई पक्राउ गरेको थियो। दाहाल र श्रेष्ठ ४ लाख र पंज्ञानी १ लाख धरौटी रिहा भएका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

९ माथि अनुसन्धान जारी, लेखापढी गर्ने १ जना फरार
मालपोतका कर्मचारी त्यसबेला पक्राउ परे पनि अन्य प्रतिवादीहरू भने फरार थिए। उनीहरूलाई परिसर काठमाडौंले विभिन्न मितिमा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। हाल ९ जनाविरुद्ध अनुसन्धान भइरहेको काठमाडौंका एसपी रमेशकुमार बस्नेतले जानकारी दिए। 

बूढानीलकण्ठ–११ का ४७ वर्षीय विजयकुमार खड्का, धादिङको निलकण्ठ नगरपालिका–५ का बालप्रसाद भट्ट, काभ्रेको पनौती नगरपालिका–४ का रामचन्द्र पुडासैनी भनिने पुण्यप्रसाद काफ्ले, संखुवासभाको नुनढाकी गाउँपालिका–६ का  ५३ वर्षीय इन्द्रबहादुर खत्री भनिने इन्द्रबहादुर घले, रामेछापको मन्थली नगरपालिका–११ का बालकृष्ण बुढाथोकी, सिन्धुपाल्चोक घर भई काठमाडौं गोकर्णेश्वर बस्ने लक्ष्मी घतानीमाथि अनुसन्धान भइरहेको छ।

त्यस्तै ओलढुंगाको खिजिदेम्बा गाउँपालिका–१ का ४६ वर्षीय विजयप्रकाश सुनुवार, सिन्धुलीको कमलामाई नगरपालिका–५ का कृष्ण थापा भनिने कृष्णबहादुर दर्लामी र झापाको कचनकवल गाउँपालिका–३ का ४५ वर्षीय कृष्णबहादुर कटुवालमाथि अनुसन्धान जारी रहेको एसपी बस्नेतले बताए।  

९ जनामाथि अहिले अनुसन्धान भइरहे पनि एक जना भने फरार छन्। मालपोत कार्यालय कलंकीमा लेखापढीको काम गर्ने स्वीकृत पाएका राजाराम थापा फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

कसको भूमिका के ?
ठगी र कीर्तेको मुख्य योजनाकार पुण्यप्रसाद काफ्ले रहेको पाइएको छ। पक्राउबाट बच्न उनले मान्छे अनुसार आफ्नो वास्तविक परिचय समेत लुकाएर अर्कै नाम बताउने गरेका थिए। उनका नाममात्रै चार वटा रहेको पाइएको छ। पुण्यले आफूलाई रामचन्द्र पुडासैनी, रामबहादुर खड्का, पदम काफ्ले भन्दै परिचय दिने गरेका थिए। 

उनैको योजनामा नक्कली जग्गा धनी खडा गरी जग्गा बिक्री गर्ने गरेको पाइएको हो। उनी जग्गा बिक्रीका लागि परिपन्च मिलाउने र जग्गा देखाई खरिदका लागि प्रलोभनमा पार्ने पर्थे। 

अर्का प्रतिवादी इन्द्रबहादुर घले भने राजीनामा पास गर्दा जग्गा धनी कुमार दाहाल खत्रीका दाजु इन्द्रबहादुर दाहाल खत्री भएको बताउँदै सनाखत गर्ने व्यक्तिको भएको अनुसन्धानबाट खुलेको छ।

विष्णु र केशव नामले चिनिने बालप्रसाद भट्ट भने नक्कली कागजात बनाउने व्यक्ति हुनु्। नक्कली कागजात बनाउने र रकमको पँजनी बाँडफाँगको भूमिका भट्टले मिलाएको प्रहरीले जनाएको छ।

विजय खड्काको भूमिका भने वास्तविक जग्गा धनी मीना खड्काको नागरिकता र जग्गाधनी पूर्जाको फोटोकपी उपलब्ध गराउने व्यक्ति रहेको पाइएको छ। उनैले उपलब्ध गराएको कागजातको आधारमा नक्कली कागजात खडा गरी जग्गा बिक्री भएको थियो। आफूले उपलब्ध गराएका मीना खड्काका कागजात उनले कुष्णबहादुर दर्लामीलाई दिएका थिए।

बालकृष्ण बुढाथोकीले जग्गा बिक्रीबाट आएको रकम अशोक माझीको नामबमाट निकालेर लिने गरेको गरेका थिए भने जग्गा बिक्री गर्दा मालपोत कार्यालयमा निगरानीको काम गरेको अनुसन्धानबाट खुलेको छ। 

लक्ष्मी घतानीले भने वास्तविक जग्गा धनी मीना खड्का आफू भएको भनेर जग्गा राजीनामा गर्ने, जग्गा बिक्रीको रकम मुक्तिानाथ विकास बैंकमा खाता खोली राख्ने गरेकी थिइन्।

लक्ष्मीलाई जग्गा धनी बनाउन खोजेर ल्याउने व्यक्ति हुन् विजय प्रकाश सुनुवार। उनैले जग्गा धनी भएको अभिनय गर्न लक्ष्मीलाई सिकाएका थिए। कृष्णबहादुर थापा मगर भनिने कृष्णबहादुर दर्लामी र कृष्णबहादृुर कुटुवाल मिलेर नागरिकता र जग्गाधनी पूर्जा कीर्ते बनाउने काम गर्ने व्यक्ति हुन्। 

जेल पर्दा पनि नसुध्रिएको बानी, पहिला पनि भएको थियो जग्गा कीर्ते
हाल पक्राउ परेकाहरू विभिन्न मुद्दामा यसअघि पनि जेल बसेर छुटेका व्यक्ति रहेको पाइएको छ। नककली जग्गा धनी खडा गरी जग्गा बिक्री गरी कीर्ते गर्नेका मुख्य योजनाकार पुण्य काफ्ले सुवास चन्द्र रिजालको जाहेरीले २०७१ साउन ३० गते ठगी मुद्दामा पक्राउ परेका व्यक्ति हुन्। 

इन्द्रबहादुर घले भने पहिला पनि जग्गा कीर्ते गरेको व्यक्ति भएको पाइएको छ। २०६९ वैशाख १७ गते ओम अस्पताल छेउको जग्गा कीर्ते गरेको आरोपमा पक्राउ परेका थिए। त्यसबेला उनी विरुद्ध २ वर्ष कैदको फैसला र ३५ हजार जरिवाना सुनाइएको थियो। 

उता बालप्रसाद भट्टलाई भने ठगीकै केशमा २०६८ असार २८ गते ललितपुर प्रहरीले पक्राउ गरेको थियो। विजयकुमार खड्का यसअघि पनि सरकारी छाप दस्तखत कीर्तेको कसुरमा पक्राउ परेका व्यक्ति हुन्। उनलाई २०६९ चैत २२ गते पक्राउ गरिएको थियो। त्यसबेला १ लाख धरौटी तिरेर उनी छुटेका थिए। पछि ५ हजार जरिवाना र कैदको सजाय खड्कालाई सुनाइएको थियो। 

काठमाडौं र भक्तपुरको जग्गा बिक्री, चितवनको बेच्ने तयारी गर्दै गर्दा पक्राउ 
यो समूहले चितवन, काठमाडौं र भक्तपुर गरी ३ ठाउँको जग्गा नककली जग्गाधनी खडा गरी बिक्री गर्ने तयारीमा रहेको अनुसन्धानबाट खुलेको छ। यो समूहले चितवनको शिवनगर–४ स्थायी घर भएकी दुर्गा थापाको जग्गा समेत उनीहरूले बेच्ने योजना बनाएका थिए। 

चितवन, साविक रातापुर गाविस–४ को कित्ता नम्बर २०९५ को क्षेत्रफल २ कठ्ठा १० धुर जग्गा दुर्गा थापाको नामको नक्कली धनीपूर्जा र नक्कली नागरिकता बनाई बिक्री गर्ने तयारी यो समूहले गरेको थियो। 

यो समूहले सुनसरी धरान नगरपालिका–८ स्थायी घर भएकी इन्दिरा राईको नाममा रहेको भक्तपुरको बिक्री गरेको पाइएको छ। भक्तपुरको दुवाकोट गाविस–३ क को कित्ता नम्बर १२४३ र १२४५ को क्षेत्रफल क्रमश: चार आना र तीन आना तीन पैसा जग्गा यो समूहले बेचेको पाइएको छ।

ईन्दिरा राईको नक्कली धनीपूर्जा र नक्कली नागरिकता बनाई बिजय लक्ष्मी श्रेष्ठ र रत्नकेशरी म्हका श्रेष्ठलाई ४३ लाख ५० हजारमा बिक्री गरेको पाइएको छ। 

यही समूहले मोरङ, मधुमल्ला गाविस–९ स्थायी घर भएकी जनक माझीको छोरी रितादेवी माझीको नाममा रहेको भक्तपुर दुवाकोटको जग्गा मसेत बेचेर ठगी गरेका अनुसन्धानबाट खुलेको छ। साविक दुवाकोट गाविस–१ ख को कित्ता नम्बर १०८० को दुई आना तीन पैसा र कित्ता नम्बर १०८९ क्षेत्रफल तीन आना एक पैसा जग्गा जग्गाधनी रितादेवी माझीको नामको नक्कली नागरिकता र नक्कली जग्गाधनी प्रमाणपूर्जा बनाई बेचेको पाइएको छ। यो जग्गा रत्न केशरी म्हका श्रेष्ठ र बिजय लक्ष्मी श्रेष्ठलाई साढे २ वर्ष अघि २०७६ असार ७ गते ४९ लाखमा बेचि ठगी गरेको पाइएको हो। 

टार्गेटमा महिला जग्गाधनी

बिक्री गर्ने भनि कुरा चलेका तथा तत्कालै पनि बिक्रीको चर्चामा रहेका जग्गाहरूको बारेमा यो समूहले जानकारी लिने त्यसपछि योजना बनाउने गरेको पाइएको परिसरका एसएसपी अशोक सिंह बताउँछन्। 

बिक्रीको चर्चामा रहेका जग्गाहरूमध्ये महिला जग्गाधनी भएका र जग्गाधनी विदेशमा बस्ने गरेकाहरूको जग्गा यो समूहको टार्गेटमा रहेको देखिन्छ। 

वास्तविक जग्गाधनीले बिक्रीको लागि भनेका अह्राएका मानिसहरू खोजी गरी आफूहरूसँग जग्गा किन्ने मानिस रहेको वा आफैंले जग्गा लिन चाहेको भनि जग्गाको जग्गाधनी दर्ता प्रमाणपूर्जा र नागरिकताको फोटोकपी यो समूहले लिन्छ।  

त्यसपछि फोटोकपीमा भएको विवरण भरी तयार गरिएको नक्कली नागरिकता र जग्गाधनी दर्ता प्रमाणपूर्जामा फोटो यही समूहका मिल्दोजुल्दझ व्यक्तिको फोटो टाँस गर्ने वा नभएमा मिल्दो जुल्दो मानिस खोजी ल्याई उनकै फोटो टाँस गरी यो समूहले जग्गाधनी खडा गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

जग्गाधनी खडा भैसकेपछि जग्गाधनीको आफन्त बनेर परिपञ्च मिलाउने, सनाखत गर्ने, विश्वासमा पार्ने गरी अभियुक्तहरूले जिम्मेवारी बाँडफाँड गरी सोही अनुरुपको नक्कली नागरिकता समेत बनाई जग्गा पासका लागि योजना बनाउने गरेको पाइएको छ। 

त्यसपछि जग्गा खरिद गर्ने उपयुक्त ग्राहक खोजी गरी सस्तोमा बिक्री गर्ने, बाध्यता परेको भन्ने मुखले परिपञ्च मिलाई कम मूल्यमा जग्गा बिक्री गर्ने योजना सुनाउँथे। 

जग्गा देखाई बैना बापत भनि नगदै रकम लिई ठगी गर्ने र जग्गा राजीनामा पारित गराई जग्गाको कुल मूल्य बापतको रकम लिई ठगी गर्ने गरेको पाइएको छ। 

सकेसम्म जग्गा डोरमार्फत् पारित गर्नु पर्ने बाध्यता देखाई जग्गा डोरमार्फत् पारित गराउने र जग्गा बिक्रीबाट आएको रकम नक्कली नागरिकताको आधारमा बैंकमा खोलिएको खातामा जम्मा गराई सोही खाताबाट भुक्तानी लिई बाँडफाँड गर्ने गरेको एसएसपी सिंह बताउँछन्।     

प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १३:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ पक्राउ पर्नेमा चिनियाँ राहदानी नम्बर ईएलआई ४७८१३८ बाहक ५२ वर्षीय एमए यागुबी रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले भदौ ८ गते उ... मंगलबार, भदौ ९, २०८३
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। मंगलबार, भदौ ९, २०८३
जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ पक्राउ परेका छन्। मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, भदौ ९, २०८३
लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ मंगलबार, भदौ ९, २०८३
बाराको सिमराबाट एक बालिका बेपत्ता मंगलबार, भदौ ९, २०८३
रेणु चन्दको संयोजकत्वमा राष्ट्रिय सभामा महिला समन्वय समिति गठन मंगलबार, भदौ ९, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्