काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एक पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन्।
विघटित प्रतिनिधि सभा पुनःस्थापना भएपछि आज बस्न लागेको बैठकबारे परामर्श गर्न भेट भएको बताइएको छ। नेकपा विवादका बीच बस्न लागेको संसद बैठकमा हुन सक्ने असहज अवस्थाबारे समेत भेटमा छलफल भएको थियो।
सिंहदरबारस्थित सभामुख कार्यकक्षमा भएको भेटमा संसद बैठकमा हुन सक्ने सम्भावित गतिविधि तथा देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ।
दुई समूहमा विभाजित भएको नेकपामा हाल दुवै समूहले एक अर्कालाई कारबाही गर्ने क्रम बढेको छ। हाल नेकपामा दुई संसदीय दलका नेता तथा दुई प्रमुख सचेतक रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।