• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

के पुन:स्थापित संसदले राजनीति पुन:स्थापना गर्न सक्ला ?

64x64
शंकर तिवारी आइतबार, फागुन २३, २०७७  ०९:४५
1140x725

सर्वोच्च अदालतको बाध्यात्मक आदेश अनुरूप पुन:स्थापित प्रतिनिधि सभाको अधिवेशन आज फागुन २३ गते, आइतबार अपराह्न ४ बजे  सुरु हुँदै छ। सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक किचलोले निकास नपाएको बेला सबैको ध्यान आज सरु हुने यही अधिवेशनमा केन्द्रित भएको छ। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको कदमलाई असंवैधानिक करार गरेर आफ्नो दायित्व निर्वाह गरिसकेको छ र अब बाँकी राजनीतिको निकास दिने जिम्मा फेरि एक पटक संसदमा आइपुगेको छ।

संसदमा राजनीतिक दलहरूको उपस्थितिले मात्र समष्टि रूपधारण गर्दछ। संसदमा स्वतन्त्र व्यक्ति निर्वाचित भए पनि मूलतः त्यहाँ प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले संसदलाई चलायमान गराउँछन्। संसद त्यो अर्थमा राजनीतिक दलहरुले वैधानिक विधिबाट संकटको निरुपण गर्ने केन्द्र बन्दछ। अमूर्त संसदलाई त्यसका घटक तत्त्व सभामुख, सरकार, सत्तापक्ष र प्रतिपक्षका क्रियाकलापले मूर्तरूप दिन्छन्।

यसकारण दबावमा संसद

२०७४ सालमा प्रतिनिधि सभाबाट निर्वाचित सभामुख कृष्णबहादुर महराले सभामुखको जिम्मेवारी त्यति कुशलतापूर्वक निर्वाह गर्न सकेका थिएनन्। उनले सदनलाई सरकारकै छायाँ जस्ताे बनाएका थिए। नेपालको संसदीय इतिहासमा पहिलो संसद, २०१५ सालको प्रतिनिधि सभाका सभामुख कृष्णप्रसाद भट्टराई र २०४८ को सभाका सभामुख दमननाथ ढुंगानाले मात्र संसदको गरिमा कायम हुने गरी संसद चलाए।दमननाथ ढुंगानाले त संसद प्रतिपक्षको हो भनेर खुला रुपमै भन्थे। केही हदसम्म त्यो गरेर समेत देखाएका थिए। उनको भूमिकाबाट तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला बेखुसी प्रकट गरिरहन्थे।

सुवासचन्द्र नेम्वाङ तीन-तीन पटक निर्विरोध सभामुख बने। सबैभन्दा लामो समय सभामुख हुने अवसर पाए पनि उनले यसको गरिमा राख्न नसकेका कृत्य बिस्तारै सार्वजनिक हुँदै छन्।

निर्वाचन आयोगले नेकपाको किचलोलाई निकास दिने अग्रसरता देखाउनुभन्दा अलमलमै राख्न चाहेकाले त्यसको मारमा सभामुख पनि परेका छन्।

महराले आफ्नो पालामा कांग्रेस नेताहरु बोल्दा निर्धारित समय सकिनु अगावै माइकको लाइन काट्ने कार्य समेत गरेका थिए। प्रतिनिधि सभामा बोल्दा समयको परिपालनामा पोख्त प्रतिपक्षी सांसद गगन थापाले उजुरी गरेपछि प्रतिपक्षको समय अगावै माइक काट्ने कार्य हुने गरेको खुलेको थियो। नेपालको कुनै पनि संसदले सभामुखको दुई पटक निर्वाचन गर्नु परेको थिएन। महरा त्यस्तो अपवाद बन्न पुगे, बलात्कार प्रयासको अभियोग लागेपछि उनले बीचमै राजीनामा गर्नु परेको थियो। अदालतको सफाइ-पत्रले पनि उनको पद जोगिन सकेन।

Ncell 2
Ncell 2
nimb
nimb

महराको बहिर्गमनसँगै अग्नि सापकोटा प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना नहुँदानहुँदै उक्त पदमा आसिन भए। ओलीले उपसभामुखको जिम्मेवारी संसद भन्दा पर संवैधानिक परिषदको बहुमत/अल्पमतको जोडघटाउभन्दा ज्यादा देखेका थिएनन्। त्यो घटनाक्रमले पुष्टि गरी नै सक्यो। उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा गरेर दुवै पद रिक्त हुँदा सभामुख पदको मात्र निर्वाचन भयो। उपसभामुख पदको निर्वाचन गरिएन। संसदप्रति वर्तमान प्रधानमन्त्रीको एक रति पनि सम्मान छैन भन्ने कुराका अनेक उदाहरणमध्ये यो घटना पनि एक हो।

शंकर तिवारी
 

सभामुखका रुपमा कृष्णबहादुर महरा जति सहज अवस्थामा निर्वाचित भएका थिए, वर्तमान सभामुख अग्नि सापकोटा त्यति नै असहज अवस्थामा छन्। एकातिर उनको प्रधानमन्त्रीसँग सहज सम्बन्ध छैन भने हालको प्रतिपक्षी नेपाली कांग्रेससँग पनि उनले कुन तहको समन्वय गर्न सक्छन् भन्ने यकिन भइसकेको छैन।

संसद् विघटनको मुद्दामा प्रतिपक्षी बनाइए पनि सभामुखले संसद् विघटनको पक्षमा आफू नरहेको बहसनामा आफ्ना वकिलमार्फत सर्वोच्च अदालतमा दर्ज गराएका थिए। त्यसैगरी सापकोटाले संवैधानिक परिषद्को नियुक्तिविरुद्ध पनि सर्वोच्च अदालतमा मुद्दा नै दायर गरेका थिए। यो मुद्दा सर्वोच्चमा विचाराधीन छ। संसद पुनःस्थापना भइसकेपछिको अवस्थामा यसबारेमा सभामुख सापकोटाका अभिव्यक्तिहरु मुखर भएका छैनन्। त्यसले पनि के देखिन्छ भने उनी अब आफ्नो भूमिकामा बदलाव ल्याउने विन्दुमा आइपुगेका छन्।

संसद विघटनताका सभामुखले संवैधानिक परिषद्को बैठक लगातार बहिष्कार गरेका थिए। त्यसका साथै उनी संसद विघटनपछि राष्ट्रपतिको कार्यालयमा भएका मन्त्री नियुक्ति र संवैधानिक परिषदमार्फत भएका नियुक्तिका शपथग्रहण समारोहमा समेत उपस्थित भएका थिएनन्। यसरी सभामुखले प्रधानमन्त्री र राष्ट्रपतिको प्रत्येक कार्यमा गम्भीर असन्तुष्टि जाहेर गरिरहेको देखिन्छ । संसद पुनःस्थापना नहुन्जेल सभामुखको यस्तो भूमिकाको औचित्य पुष्टि हुन नसके पनि शंकाको सुविधाको लागि योग्य भने अवश्य थियो।

यस्तो पृष्ठभूमिमा सभामुखले संसदलाई सुचारु गर्न अग्नि परीक्षाको सामना गर्नुपर्नेछ। संसदीय नियमअनुसार संसदको बैठक अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नुपर्छ। कार्यव्यवस्था समितिमा सभामुख, उपसभामुख, प्रतिपक्ष दलको सचेतक, सत्ता पक्षका सचेतकलगायत आवश्यक पर्ने अन्य सांसद हुन्छन्। संसदको बैठक बस्नुअगावै सभामुखले सत्तापक्षबाट देब गुरुङ वा विशाल भट्टराई कसलाई प्रमुख सचेतकका रुपमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी गराउँछन्, त्यहीँबाट उनको असजिलो प्रारम्भ हुनेछ। सूचनामा आएअनुसार विशाल भट्टराईलाई पठाएको चिठी कर्मचारीले नै गायब पारिसकेका छन्।

नेकपाका सांसदहले आजको बैठकमा देखाउने कुनै पनि गैरसंसदीय आचरणले के पुनःपुष्टि गर्नेछ भने नेकपा संसदको गरिमा जोगाउनका लागि योग्य पार्टी बनेको छैन।

निर्वाचन आयोगले तदारुकताका साथ नेकपाको किचलोलाई निकास दिने अग्रसरता देखाउनुभन्दा अलमलमै राख्न चाहेकाले त्यसको मारमा सभामुख पनि परेका छन्।निर्वाचन आयोगले चाहेको भए यतिका समयसम्म नेकपाको आधिकारिकताको विवाद टुङ्गो लागिसक्थ्यो। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले संविधानको नभएर प्रधानमन्त्री ओलीको सपथ खाएको भनेर पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले विज्ञप्तिमार्फत घुमाउरो पारामा भनी पनि सके। ओलीको खल्तीको कारिन्दा बन्नु नै उनलाई प्रिय लागिरहेको छ। कार्यकालको पहिलो वर्षमै इतिहासकै नालायक प्रमुख निर्वाचन आयुक्तको रुपमा उनले आफ्नो नाम लेखाइसकेका छन्। निर्वाचन आयोगको संवैधानिक स्वायत्ततामा गम्भीर प्रश्न चिन्ह उठेको छ।

अग्निपरीक्षा सभामुख र नेकपाको

संसदीय नियम र संहिता आजको बैठकमा पुनः एकपटक ट्रायलमा पर्नेछन्। संसदभित्र असंसदीय गतिविधि हुनबाट जोगाउन सभामुखले के त्यस्तो 'संकटमोचक'को भूमिकामा आफूलाई उभ्याउन सक्लान् त? संकटमा नै नेतृत्वको परीक्षण हुन्छ। उक्त परिक्षणमा नेतृत्व खरो उत्रियो भने इतिहासमा उसको सुनाम हुन्छ। त्यो मानेमा संसदको यो सत्र नाम नै अग्नि रहेका सभामुख अग्नि सापकोटाको अग्नि परीक्षा बन्ने निश्चित छ।

नेकपाका सांसदहरूले आजको संसद बैठकमा देखाउने कुनै पनि गैरसंसदीय आचरणले के पुनःपुष्टि गर्नेछ भने नेकपा संसदको गरिमा जोगाउनका लागि योग्य पार्टी बनेको छैन। संसदीय पद्धति भित्रको पार्टी भएर पनि पद्धति विरोधी अर्थात् एन्टी-सिस्टम पार्टीको रुपमा जनस्तरमा पहिचान कायम गर्नेछ। संसदमा प्रचण्ड बहुमत प्राप्त नेकपाको पतनको त्यो भन्दा अर्को कुनै विद्रुप रुप बाँकी रहने छैन। के नेकपाले यही बाटो रोज्ला?

अब राजनीति सुधार्न संसदभन्दा सिंगो नेकपा र सभामुख अग्निप्रसाद सापकोटाको अग्निपरीक्षा सुरु भएको छ।

प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  ०९:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शंकर तिवारी
लेखकबाट थप
गणतान्त्रिक संविधान र ‘सार्वभौमसत्ता सम्पन्न’ जनता
मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको उबडखाबडपूर्ण राजनीतिक यात्रा
चोलेन्द्र श्रीमानको ‘यू टर्न’ र ‘तमासा’ अन्त्यको संकेत
सम्बन्धित सामग्री
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति पुरातत्वविद झा सम्झन्छन्–इजोतको कति अंक प्रकाशन हुन सक्यो त्यसको यकिन गर्न सकिँदेन । तर जे जति प्रकाशन भयो त्यसले मैथिली पत्रकारिता... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
भोटेकोशी बाढीको नामकरण गर्दै सरकार, सात सदस्यीय वैज्ञानिक समिति गठन शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा थप १८ शव भेटिए, निकाल्ने प्रयास जारी शुक्रबार, असोज २, २०८३
भारत–नेपाल आईजीएससी बैठक सम्पन्न, व्यापार र पारवहन सहकार्य बढाउने प्रतिबद्धता शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम दुरुपयोग गरेर २ करोड ५० लाख ठगी, दुई जना पक्राउ शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्