• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव अघि बढाउने तयारी

64x64
वीरेन्द्र ओली शनिबार, फागुन २२, २०७७  २२:१४
1140x725

काठमाडौं– नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव अघि बढाउने तयारी गरेका छन्। ओलीले आइतबारको प्रतिनिधि सभा बैठकबाट राजीनामा नदिए कांग्रेससँग समझदारी गरेर अविश्वास प्रस्ताव अघि बढाउने तयारी गरिएको हो।

अविश्वास प्रस्तावका लागि प्रचण्ड-माधव पक्षले अग्रसरता लिएको भए पनि प्रधानमन्त्रीमा भने कांग्रेस सभापति सभापति शेरबहादुर देउवालाई प्रस्ताव गरिने नेताहरुको भनाइ छ। यसअघि प्रतिनिधि सभा विघटन गरिएकै दिन अर्थात् पुस ५ गते प्रचण्ड-माधव पक्षले संसद् सचिवालयमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका  थिए। तर अविश्वास प्रस्ताव दर्ता गर्दाको समयका कारण त्यो प्रस्ताव विवादित भएको थियो।

प्रतिनिधि सभा पुनःस्थापित भएपछिको नयाँ परिस्थितिमा भने प्रचण्ड-माधव पक्षले देउवालाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्दै आएका छन्। 

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापित गरिदिएपछि ओलीले राजीनामा दिने अपेक्षा गरिएको थियो। तर उनले राजीनामा नदिने बरु हटाएर देखाउन चुनौती दिने गरेका छन्। त्यसैले अविश्वासको प्रस्ताव पारित गरेर उनलाई थप नैतिक संकट सिर्जना गर्ने प्रयासमा नेकपाको एक पक्ष र कांग्रेसबीच छलफल अघि बढेको हो।

ओलीविरुद्ध अविश्वास प्रस्ताव अघि बढाउन प्रचण्ड–माधव पक्ष र कांग्रेस सभापति देउवा निकट नेताहरु सक्रिय भएका छन्। शनिबार दुवै पक्षका नेताहरुले भेटघाट गरेर प्रारम्भिक सहमति समेत गरेको बताइएको छ। तर औपचारिक सहमति भने नभएको माधव नेपाल निकट एक प्रभावशाली नेताले बताए। उनका अनुसार, शनिबार राति र आइतबार प्रतिनिधि सभा बैठकअघिसम्म दुवै पक्षबीच मौखिक वा लिखित रुपमै थप सहमति भई अविश्वास प्रस्ताव अघि बढ्न सक्छ।

देउवालाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तावित गरेर अघि बढ्न दुवै पक्ष सहमत भइसकेका छन्। शनिबारको छलफलमा भावी सरकारको मन्त्रालय भागबण्डाको विषयमा समेत छलफल भएको ती नेताले दाबी गरे। 

देउवा निकट एक नेताले छलफल अघि बढेको भए पनि आइतबारको प्रतिनिधि सभा बैठकअघि अविश्वास प्रस्ताव अघि बढ्ने सम्भावना कम रहेको बताए। आइतबारको प्रतिनिधि सभाको बैठकपछि देखिने परिस्थितिलाई आकलन गरेर बाँकी विषयले मूर्तता पाउने उनको भनाइ छ।

प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले सरकारको नेतृत्व गर्ने गरी कांग्रेसले सहमति जनाए अविश्वास प्रस्ताव अघि बढ्न समस्या नहुने बताए। आफूहरुसँग १११ सांसद भएकाले कांग्रेसले सहमति जनाए लगत्तै अविश्वास प्रस्ताव अघि बढ्ने र पारित हुने उनको भनाइ छ। ‘काग्रेस एउटा अविश्वसनीय शक्ति हो। काम गरेपछि मात्रै विश्वास गर्न सकिन्छ’, खनालले भने।

Ncell 2
Ncell 2
nimb
nimb

आफूहरुले कांग्रेसलाई नेतृत्व दिने विषय खुला रुपमै भनिसकेको खनालले बताए। शनिबार राति वा आइतबार दिउँसोसम्म राजनीतिक घटनाक्रममा केही नयाँपन आइसक्ने उनले बताए।

यस्तै, प्रचण्ड–माधव पक्षका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्रीले राजीनामा दिने हल्ला चलाएकाले अविश्वास प्रस्ताव ल्याउनु नपर्ने हुने सक्ने बताए। ‘प्रधानमन्त्रीको अविश्वास प्रस्तावभन्दा अघि नै राजीनामा आउँछ भन्ने हल्ला चलाएका छन्। यदि प्रधानमन्त्रीको राजीनामा आए किन अविश्वास प्रस्ताव अघि बढाउनु पर्‍यो र?’, नेपाल लाइभसँग कुरा गर्दै गुरुङले भने, ‘भोलि नै अविश्वास प्रस्ताव अघि बढ्ने-नबढ्ने नेताहरुको कुरा हो। प्रधानमन्त्रीले राजीनामा दिएनन् भने अबको बाटो अविश्वास प्रस्ताव नै हो।’

अविश्वास प्रस्ताव जस्ता विषय राजनीतिक समझदारीमा चल्ने विषय भएकाले सोही अनुसार अघि बढिने उनले बताए। प्रधानमन्त्रीमा थोरै मात्रै नैतिकता भए राजीनामा दिएर पद छोड्दा राम्रो हुने उनको भनाइ छ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा लागेका शक्तिहरु एक ठाउँमा उभिनुपर्ने पक्षमा छन्। ओली पक्ष प्रतिनिधि सभा विघटनको पक्षमा भएकाले विघटनको विपक्षमा सडक संघर्षमा भएका शक्तिहरु एक ठाउँमा उभिएर सरकारमा सहभागी हुनुपर्ने उनीहरुको भनाइ छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सरकारमा जाने वा नजाने भन्ने विषयमा जनता समाजवादी पार्टीमा दुई खेममा विभाजित भएकाले एक मत हुने सम्भावना कम देखिएको छ। जसपाभित्रको तत्कालीन राष्ट्रिय जनता पार्टी पक्ष यसअघि आफूहरुले उठाएको संविधान संशोधनको मुद्दा सम्बोधन भए मात्रै सरकारमा सहभागी हुने बताउँदै आएको छ। संविधान लेख्ने वेलादेखि नै आफूहरुले उठाएका आफ्ना माग पुरा गर्नेगरी सम्झौता भए मात्रै सरकारमा सहभागी हुने बताएको छ।

तर, जसपाभित्रको तत्कालीन समाजवादी पार्टी ओलीविरुद्धको मोर्चाबन्दीमा सहभागी हुनुपर्ने अडानमा छ। ओली सरकारमा हुँदा आफूहरुले हैरानी खेपेकाले त्यसलाई साटो फेर्न पनि सरकारमा जाने मुडमा देखिएको छ। पार्टीभित्र दुई पक्ष भएकाले अविश्वासको प्रस्तावमाथि यो पक्षको संलग्नता कस्तो रहन्छ, त्यो अहिल्यै आकलन गर्न कठिन छ।

ओलीले बालुवाटारमा बोलाएको आफू पक्षको दलको बैठकमा आफूसँग नेकपाका बहुमत सांसद रहेको दाबी गर्दै संसदमा अविश्वास प्रस्ताव दर्ता गरिए त्यसलाई फेस गर्ने बताइसकेका छन्। संसदीय दलको बैठकमा दलका नेता समेत रहेका ओलीले आफूले प्रधानमन्त्रीबाट राजीनामा दिनेबारे शब्द समेत उच्चारण नगरेको सांसद कृष्ण राईले बताए। 

‘हामीसँग बहुमत सांसद हुनुहुन्छ। संसदमा म अविश्वासको प्रस्ताव फेस गर्छु, तपाईंहरू ढुक्क हुनुस्, जित हाम्रै हुनेछ’, ओलीलाई उद्धृत गर्दै सांसद राईले भने, ‘प्रचण्ड–माधव पक्षहरु किस्तीमा प्रधानमन्त्री पद राखेर कांग्रेसलाई लिइदिनुपर्‍यो भनेर बिन्ती चढाइरहनुभएको छ। कानुनी रुपमा एउटै रहेको पार्टीका साथीहरूले के भनिरहनु भएको हो, मैले बुझेको छैन।’

प्रतिनिधि सभामा नेकपाका १७४ सांसदमध्ये १७२ जना मतदान गर्न पाउँछन्। यसमध्ये प्रचण्ड–माधव पक्षले प्रतिनिधि सभाका ८७ ओली पक्षले ९१ दाबी गरेको छ। काग्रेससँग प्रतिनिधि सभामा कुल ६३ जना मध्ये २ जना निलम्बनमा भएकाले ६१ जनाले मात्रै मतदान गर्न पाउँछन्। सरकार बन्न १ सय ३८ जना सांसद चाहिन्छ। प्रचण्ड-माधव पक्ष र कांग्रेस एक ठाउँमा उभिए प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पास हुनसक्छ।

प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७  २२:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्