काठमाडाैं–सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्ड र चलचित्र सेन्सस बोर्डमा नयाँ सदस्य नियुक्त गरेको छ।
मन्त्रालयले चलचित्र सेन्सर बोर्डको सदस्यमा पत्रकार सन्तोषकुमार थापा र निर्देशक मिनाक्षी कोइरालालाई नियुक्ति गरेको हो। त्यस्तै चलचित्र विकास बोर्ड सदस्यमा निर्माता अर्जुनकुमार डंगोल, निर्देशक प्रकाश भट्टराई र कलाकार राज कटुवाल नियुक्त भएका छन्।
नियुक्त भएक सबै सदस्यको कार्यकाल २ बर्षको रहनेछ । विकास बोर्ड र सेन्सर बोर्ड दुवैमा राजनीतिको आधारमासदस्य नियुक्ति हुने गर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।