काठमाडाैं–गायक दुर्गेश थापाले नयाँ गीत सलाइ छ सलाइ सार्वजनिक गरेका छन् । शिवरात्रीलाई मध्यनजर गरेर तयार पारिएको गीतको भिडियोमा नायक आर्यन सिग्देल पनि देखिएका छन्।
गीतमा गाँजाको कुरा उठाइएको छ। साथै प्रहरीलाई मामा पनि भनिएको छ। गीत विवादास्पद भए पनि अन्त्य भने गाँजा खान नहुने बनाइएको छ। दुर्गेश हरेक गीतमा विवादास्पद कुरा राखेर त्यसलाई चर्चित बनाउने गर्छन्।
यो गीतमा दुर्गेशसँगै योगेश काजीको आवाज पनि सुन्न सकिन्छ। गीत लेख्ने काम पनि दुर्गेश र योगेश मिलेर नै गरेका छन्। गीतमा संगीत दुर्गेशको छ। विवादले चर्चा कमाउने लोभमा गीतको भिडियोमा आर्यन सिग्देल पनि जोडिएका छन्।
केही वर्षदेखि आर्यन फिल्ममा खासै चल्न सकेका छैनन्। भिडियोको छायांकन र निर्देशन शिव विकले गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।