काठमाडाैं– बलिउड निर्देशक तथा निर्माता अनुराग कश्यप र अभिनेत्री तापसी पन्नूले कुल ३७० करोड भारु करछली गरेकाे भारतको आयकर विभागले जनाएकाे छ।
दुई दिनदेखि मुम्बई र पुणेमा छापा मार्दा उनीहरुसहित दुईवटा फिल्म प्रोडक्सन हाउस र ट्यालेन्ट म्यानेजमेन्ट कम्पनीहरूले कर छलि गरेकाे प्रमाण प्राप्त भएकाे हाे।
सेन्ट्रल बोर्ड अफ डाइरेक्ट ट्याक्सेस (सीबीडीटी) अनुसार, एक लीडिङ प्रोडक्सन हाउसले आफ्नो वास्तविक बक्स अफिस आयको तुलनामा कम कमाइ देखाएको छ। यो छलि लगभग ३०० करोड भारुको छ।
एक प्रोडक्सन हाउसले शेयर ट्रान्ज्याक्सनमा ३५० करोड भारुको करछली हो। यसको अनुसन्धान भइरहेको छ।
एक लीडिङ प्रोड्युसर डाइरेक्टरका विभिन्न स्थानमा छापा २० करोड भारुको करछली देखिएको छ।
आयकर विभागको टोलीले बिहीवार अनुराग र तापसीसँग पुणेको वेस्टिन होटलमा सोधपुछ गरेको थियो। उनीहरूको घर र कार्यालयबाट तीन ल्यापटक र चार डेस्कटप जफत गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।