सिंहदरबारमा बसेको नेकपा प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठक।
काठमाडौं- नेकपाकी सांसद माया ज्ञवाली प्रचण्ड-माधव पक्षीय नेकपामा फर्किएकी छन्। केही दिन पहिले प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपामा लागेकी उनी आज प्रचण्ड-माधव पक्षमा फर्किएकी हुन्।
उनी शुक्रबार बसेको प्रचण्ड-माधव पक्षको संसदीय दलको बैठकमा सहभागी भएकी छन्। संसदीय दलकाे बैठक सिंहदरबारमा बसिरहेको छ।
सांसद ज्ञवाली नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीसँगै दासढुंगा दुर्घटनामा निधन भएका संगठन विभाग प्रमुख जीवराज आश्रितकी पत्नी हुन्।
प्रतिनिधि सभामा उनी तत्कालीन एमालेबाट समानुपातिक सांसद भएकी थिइन्।

यस्तै, सांसद कलिला खातुन पनि प्रचण्ड–माधव पक्षमा लागेकी छन्। यसअघि ओली समूहले उनलाई आफ्नो सूचीमा रोखेको थियो।
बैठकमा प्रचण्ड-माधव पक्षले सांसदहरूले हस्ताक्षर समेत संकलन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।