काठमाडाैं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री पदलाई कांग्रेसले संयमतापूर्वक झ्यालबाट हेरिरहेको टिप्पणी गरेका छन्।
बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक शुरु भएपछि प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री पदले ढोका ढक्ढक्याइ रहेपनि झ्यालबाट संयमतापूर्वक हेरिरहेको बताए।
‘प्रतिनिधि सभाको पुन:स्थापनापछि नेपाली कांग्रेसतर्फ अपेक्षासहित नेकपाका दुवै समूहले हेरिरहेकाले हामी उचित निष्कर्षमा पुग्छौं’, उनले भने, ‘प्रधानमन्त्री पदलाई ढोका खोलेर स्वागत गरेको छैनौं। झ्यालबाट हेरिरहेका छौं।’
नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपासँग सहमति गर्दा प्रतिपक्ष दललाई कुनै जानकारी नगराइएकोप्रति उनले असन्तुष्टि जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।