काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मधेश विरोधी भनेर त्यस क्षेत्रमा पस्न नदिए पनि आफूले पानीचाहिँ पसाइदिने बताएका छन्। बिहीबार सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्दै उनले पानी पस्न नरोक्न आग्रह गरे।
'मधेश विरोधी भनेर केपी ओलीलाई मधेशमा पस्न नदिने भन्थे। केपी ओली नपसे पनि पानीचाहिँ पसाइदिन्छ। खेतचाहिँ भिजाइदिन्छ', उनले भने।
उनले आफूलाई पस्न नदिए हुने तर तपाईं (मधेशका बासिन्दा) हरुका खेतमा पानीचाहिँ पसाउने बताए। 'तपाईंहरुका सुख्खा खेतलाई चिसा चाहिँ बनाइदिन्छ केपी ओलीले', उनले भने, 'म मुख्यमन्त्रीमार्फत् तराई-मधेशमा खबर पठाउन चाहन्छु, केपी ओलीलाई पस्न नदिए पनि हुन्छ। तर, पानी पस्न चाहिँ नरोक्नुहोला।'
प्रधानमन्त्रीले सो आयोजनाले पहाड र तराईको सम्बन्धलाई जोड्ने बताए। 'यसले एउटा ठूलो कुराको जवाफ दिन्छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।