काठमाडाैं–फ्रेन्चाइज गायन रियालिटी सो द भ्वाइस अफ नेपालको तेस्रो संस्करण चैत ६ गतेदेखि प्रसारण हुने भएको छ। हरेक पटक महिला कोच परिवर्तन भइरहने रियालिटी सोमा यो पटक पनि गायिका तृष्णा गुरुङको कोचिङ हेर्न पाइनेछ।
हिमालयन टेलिभिजनबाट हरेक शुक्रबार र शनिवार राति ८ बजे कार्यक्रम हेर्न पाइनेछ। कार्यक्रममा ४ जना कोच हुनेछन्। तृष्णाबाहेक अन्य कोच भने पुरानै रहेका छन् । जसमा गायक दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा छन्।
रियालिटी सोकाे निर्देशन लक्ष्मण पौडेलले गर्दैछन्। यस पटकको सिजनमा पनि नेपाली बाहेकका अन्य भाषीले पनि सहभागिता जनाउन सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।