काठमाडाैं–बलिउडमा रिमेकको चलन दिनप्रतिदिन बढिरहेको छ। पुराना गीतसंगीतलाई मसाला मिलाएर रिमेक गर्ने चलन छ। त्यस्ता रिमेक गीतको उद्देश्य नै पुराना गीत भुलेर नयाँलाई स्वीकार गरोस्, माया गरोस् भन्ने हुन्छ।
पुराना गीतसंगीतलाई मसाला हालेर रिमेक गर्ने चलनसँगै मानिसहरु पक्ष विपक्षमा विभाजन भएका छन्। एकाथरीले रिमेकलाई राम्रो मानिरहेका छन् भने अर्काथरीले नराम्रो। सुरुमा पुराना गीतलाई रिमेक गर्ने चलनमात्रै थियो भने अहिले हरेक फिल्मले यसलाई अनिवार्यजस्तो बनाएका छन्।
हालै यसै रिमेकको सिकारमा परेकी छन्, नायिका जाह्न्वी कपुर। रुही फिल्मको नयाँ गीत ‘नदियाँ के पार’ गीतमा उनको नाच्ने तरिका र प्रस्तुतीकरण मन पराए पनि गायन भने मन पराएका छैनन्। पुरानो फिल्म ‘नदियाँ के पार’मा समावेश गरिएको उक्त गीतको रिमेकमा गायिका सोना मोहपात्राले पनि रिस पोखेकी छन्। उनले सामाजिक सञ्जालमा अब न त संगीतकारको सम्मान भयो न गायकको नै लेखेकी छन्।
बलिउडमा धेरै फिल्ममा पुराना गीतको रिमेक बनेको छ। ‘पति पत्नि और ओ’ फिल्ममा पुरानो गीत ‘आखियो से गोली मारे’ लाई रिमेक गरिएको छ। सिंवामा ‘आँख मारे’ गीतलाई रिमेक गरिएको छ । बरुण धवनका फिल्ममा त अधिकांश गीत रिमेक नै छन्। उनि गीत मात्रै हैन, फिल्म नै रिमेक गर्न अगाडि बढेका कलाकार हुन्।
त्यसो त हरेक ठूला बजेटका फिल्मले रिमेक गीतलाई समावेश गरे पनि दर्शकको नजरले भने यसलाई राम्रो मानेका छैनन्। उनीहरु हरेक पटक बिभिन्न ट्रोलमा पर्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।