काठमाडाैं–सरकारी टोली र ‘विप्लव’ समूहबीच बिहीबार बिहान भएको वार्ता तीन बुँदै सहमतिसँगै सम्पन्न भएको छ।
बिहानैदेखि बालुवाटारमा भएको वार्तामा दुई पक्षबीच २१ गते संयुक्त पत्रकार सम्मेलन गर्ने र सम्मेलनमा ‘विप्लव’ले सम्बोधन गर्ने गरी सहमति भएको छ।
सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।