काठमाडौं–जगदम्बा सिमेन्टले निर्माणकर्मीसँग अन्तर्क्रिया गरेको छ। निर्माणकर्मीसँगको सहकार्य र समन्वयले मात्र राष्ट्रको समृद्धि हुने भन्दै कम्पनीले सिन्धुपालञ्चोकको मेलम्चीमा आयोजना गरेको कार्यक्रममा ४० भन्दा धेरै निर्माणकर्मी, इन्जिनियर, आयोजना प्रमुखलगायत सहभागी थिए।
कार्यक्रममा कम्पनीका विक्री प्रबन्धक नवराज भुर्तेलले संरचनाहरु भूकम्प प्रतिरोधी बनाउन गुणस्तरीय निर्माण सामग्रीको प्रयोगका साथै दक्ष जनशक्तिमा ध्यान दिनुपर्ने बताए।
मेलम्ची नगरपालिका भवन शाखाका प्रमुख इन्जिनियर जितबहादुर कार्कीले निर्माण संरचना र सेटिङ टायमका आधारमा मात्र ओपिसी र पिपिसी सिमेन्टको प्रयोग गर्नुपर्ने कुरामा जोड दिनु भयो ।
कम्पनीले निर्माणकर्मी, उपभोक्ता तथा बिक्रेतालक्षित जगदम्बा जागरण, जगदम्बा विशेष, जगदम्बा आरोहण, जगदम्बा प्रयोग विधिजस्ता कार्यक्रम गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।