काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘ ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीका मान्छे ‘गाडीमा पैसा राखेर सांसद किन्न घरघर घुम्न’ थालेको बताएका छन्।
प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटीमा बुधबार बोल्दै प्रचण्डले प्रतिनिधि सभा पनुर्स्थापन भएपछि ओलीका मान्छे सांसद फकाउन घुमिरहेको बताएका हुन्।
‘संसदीय दलमा अल्पमतमा परेपछि ओलीका मान्छे सांसद किन्न रात विरात सांसदका घरघर धाउन थालेका छन्। राजनीतिक रुपमा पतित भएपछि यस्तो गर्नु सामान्य हुँदोरहेछ,’ प्रचण्डको भनाई उदृढ गर्दै ती केन्द्रीय सदस्यले भने, ‘तपाईहरु यस्ता तत्वबाट जोगिनुहोला । यस्ता अनाश्यक प्रलोभन र आश्वासनमा नपर्नुहोला।’
आफूहरु यसरी सांसद खरिद विक्रि गर्ने खेलमा कदापी नलाग्ने बताउँदै प्रचण्डले यस्तो गर्न समेत नैतिकताले नदिने प्रस्ट पारे।
‘हामी संसदीय राजनीतिमा भएपनि न्यूनतम मुल्य मान्यतालाई ख्याल गर्नुपर्छ । हामीलाई यस्तो गर्न नैतिकले दिँदैन। त्यो गर्ने सोचेकापनि छैनौं,’ प्रचण्डले भने, ‘तपाईले आफ्नो मस्र्यादा ख्याल गरेर नैतिकता र मूल्यको राजनीति स्थापित गराउन लाग्नुहोला।’
प्रधानमन्त्री अल्पमतमा परेपछि अझै पदीय दुरुपयोग गरेर हदैसम्मको प्रयास गर्ने भएकाले सबै सासदहरु समेत रहन प्रचण्डले आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।