काठमाडौं–चावहिलमा हाउजे बाइकको सोरुम सञ्चालन हुने भएको छ। चिनियाँ मोटरसाइकल कम्पनी हाउजेको नेपालका लागि आधिकारिक वितरक कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले सोरुम सञ्चालनको तयारी गरेको हो।
यसअघि कमलपोखरी, टेकु र नयाँ बजारमा सोरुम सञ्चालन गरेको कम्पनीले शुक्रबारदेखि चावहिलमा पनि सोरुम सञ्चालनको तयारी गरेको हो। उपत्यकाबाहिर चितवन, हेटौडा र संखुवासभामा यसको सोरुम रहेको छ।
सुजुकीसँगको सहकार्यमा उत्पादन भएकाले अन्तर्राष्ट्रिय बजारमा हाउजे बाइकको तुलना सुजुकीसँग हुने बताइएको छ । कम्पनीको एनके १५० बाइक नेपाली बाटोलाई सुहाउँदो रहेको कम्पनीको दाबी छ। रोड र अफरोड दुवैका लागि यो बाइक राम्रो रहेको कम्पनीले बताएको छ। यसको मूल्य ३ लाख ९५ हजार रुपैयाँ तोकिएको छ।
रेड, ब्ल्याक र ह्वाइट गरी तीन कलारमा बाइक उपलब्ध गराएको कम्पनीले टिआर १५० बाइक तथा भिएस १२५ स्कुटर पनि नेपाली बजारमा ल्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।