काठमाडाै–नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न सरकारी टोलीले आन्तरिक परामर्श सुरु गरेको छ। आन्तरिक तयारीका लागि सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
टोलीका अर्का सदस्य राजन भट्टराईसमेतको उपस्थितिमा अहिले प्रधानमन्त्रीसँग वार्ताको विषयबारे छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ।
सरकारले वार्ताका लागि हिजो गृहमन्त्री राम बहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई रहेको वार्ता टोली बनाएलगत्तै ‘विप्लव’ समूहले पनि टाेली बनाएकाे थियाे। विप्लवको वार्ता टोलीमा खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउने ‘दीपक’सदस्य रहेका छन्।
आन्तरिक परामर्शपछि विप्लवसँगको वार्ता सुरु हुने बताइएको छ। हिजै काठमाडौं आइपुगेको विप्लवको वार्ता टोली बसेको स्थान भने खुलाइएको छैन।
काठमाडौं आइपुग्यो ‘विप्लव’ नेकपाको वार्ता टोली
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।