हेटौंडा– मकवानपुरको हेटौंडामा एक वृद्धको शव फेला परेको छ।
हेटौंडा उपमहानगरपालिका–८ स्थित कर्रा खोलाको पुल नजिक मंगलबार दिउँसो करिब २ः३० बजेको समयमा अन्दाजी ८३ वर्षीय वृद्धको शव फेला परेको हाे।
उक्त शव हेटौंडा उपमहानगरपालिका–८ कमाने निवासी खडकबहादुर परियारको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमर गजमेरले जानकारी दिए।
शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा पठाइएको छ। घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।