• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रतिबन्धदेखि वार्तासम्म ‘विप्लव’ नेकपा : कमजोर बनेपछि वार्तामा आउन बाध्य भएको सुरक्षा निकायको दाबी

प्रतिबन्धपछि २ हजार ९८ पक्राउ, १ सय २३ जना जेलमा
64x64
नारायण अधिकारी मंगलबार, फागुन १८, २०७७  २०:०६
1140x725
बायाँबाट क्रमशः हेमन्तप्रकाश वली ‘सुदर्शन’, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेत्रविक्रम चन्द ‘विप्लव’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’।

काठमाडौं- ‘विप्लवसँग राजनीतिक व्यवहार गर्ने हो भने सरकारले क्लियर कुरा गर्नुपर्‍यो। होइन भने त्यही अनुसारको कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिनुपर्‍यो,’ २०७५ फागुन २८ मा सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ठाउँ ठाउँमा विस्फोट गराउनु तर, प्रहरी कारबाही फितलो हुनुबारे जिज्ञासा राख्दा नेपाल प्रहरीका अधिकारीले यही गुनासो राख्थे। 

प्रहरीले यसो भनिरहँदा विप्लव नेतृत्वको नेकपाबाट विभिन्न ठाउँमा बिस्फोट र आक्रमण गरेको आरोपमा प्रहरीले विप्लव नेकपाका ८५ जना नेता कार्यकर्तालाई पक्राउ गरेको थियो। पक्राउ परेकाहरुबाट पेस्तोल २ थान, त्यसको गोली ४ थान, भरुवा बन्दुक १ थान, एसएमजी २ थान, त्यसको गोली ६८ राउण्ड, एम–१६ एक थान, एलएमजी १ थान, र विभिन्न पेस्तोल र बन्दुकको गोली १३१ राउण्ड बरामद गरेको थियो। नख्खुमा भएको बम बिस्फोटमा मान्छेको ज्यान नै भएको थियो।

सरकारले विप्लव नेतृत्वको नेकपालाई राजनैतिक पार्टीको रुपमा पनि हेर्ने र कारबाही गर्न प्रहरीलाई निर्देशन दिने दोहोरो चरित्र देखिएकाले विप्लव समूहमाथिको कारबाही फितलो भएको सुरक्षा निकायका अधिकारीको भनाइ थियो।

अन्ततः सरकारले विप्लव नेतृत्वको नेकपालाई आपराधिक समूह घोषणा गर्दै जहाँ भेटिन्छ, त्यहीँ पक्राउ गर्न निर्देशन दियो। २०७५ फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपालाई आपराधिक समूहको संज्ञा दिँदै प्रतिबन्ध लगायो। 

आपराधिक गतिविधिमा संलग्न, चन्दा आतंक, ज्यान जानेगरी भएको बम बिस्फोटलगायतका घटनाले उक्त समूहले कुनै राजनीतिक दल नभई आपराधिक समूह भएको भन्दै सरकारले प्रतिबन्ध लगाएको थियो। सरकारले विप्लव समूहलाई कुनै कार्यक्रम गर्न समेत नपाउने, जहाँ भेटियो त्यहीँ पक्राउ गर्ने, हतियारसहित देखापरे गोली हान्नेसम्मका आदेश सुरक्षा निकायलाई समेत दिएको थियो।

त्यसपछि विप्लवलाई हेर्ने सुरक्षा निकायको नजर फरक परेको र कारबाही तीव्र पार्न थालेपछि कमजोर बन्दै गएर वार्तासम्म आउने वातावरण भएको प्रहरीको विश्लेषण छ। फागुन २८ को निर्णयपछि धमाधम नेता–कार्यकर्ता हतियारसहित पक्राउ परेपछि विप्लव नेकपा कमजोर बन्दै गएपछि वार्तामा आउन बाध्य भएको दाबी सुरक्षा निकायको छ। धमाधम नेता-कार्यकर्ता पक्राउ पर्नु र केहीले उक्त समूह त्याग्नुले प्रहरीको उक्त भनाइलाई पुष्टि गर्दै गएको देखिन्छ।

अझ कतिपय बम बनाउन निपुण कार्यकर्ताहरुको त आफैंले बोकेको बम पड्किएर ज्यान गएकाले पनि विप्लवलाई कमजोर बनाउँदै गएको छ। उनीहरुको ज्यान गएपछि विप्लव नेकपाले विज्ञप्ति नै निकालेर ठूलो क्षति भोग्नुपरेको बताएको थियो। 

हेमन्त प्रकाश वली, धर्मेन्द्र बास्तोला, माइला लामा लगायतका उच्च तहका नेता जेलमा पुग्नुले विप्लव नेकपा कमजोर बनेको विश्लेषण सुरक्षा निकायको छ। जसकारण पनि वार्ता गर्नसम्म नेकपा बाध्य भएको प्रहरीको विशेष ब्यूरोका अधिकारीको दाबी छ। ‘सरकारले प्रतिबन्ध लगाइसकेपछि सुरक्षा निकायले कारबाही तीव्र पारेपछि विप्लव नेकपा कमजोर बनेको र वार्तामा आएको हो’ ती अधिकारीले दाबी गरे।

nimb
nimb
Ncell 2
Ncell 2

अनौपचारिक कुराकानीका क्रममा नेपाल प्रहरीको विशेष ब्यूरोका एक अधिकारीले त विप्लव समूहबाट सोचेजस्तो सुरक्षा खतरा नदेखिएको र उनीहरू सेफल्याण्डिङ गर्न खोजिरहेको संकेत गरेका थिए।

‘हामीले विप्लव नेकपाबाट जुन खालको सुरक्षा थ्रेट सम्झेका थियौं। त्यो खालको देखिएन,’ विशेष ब्यूरो स्रोतले झण्डै महिना दिन अघि भनेको थियो, ‘अब उनीहरु आफैं सेफल्यान्डिङ खोज्ने बेला आउँदैछ।’

विशेष ब्यूरोमा समेत काम गरिसकेका एआइजी हरि पाल (हाल मट्रोमा कार्यरत) पनि विप्लव नेकपामाथि सुरक्षा निकायको कारबाही तीव्र भएकोले वार्तासम्म आउनुको एउटा प्रभाव यसलाई मान्नुपर्ने बताउँछन्। विप्लव बाहेकका उच्च तहका नेता समेत पटक–पटक पक्राउ परसिक्नुले विप्लव स्वयमु् असुरक्षित महसुस गरेका हुनसक्ने सुरक्षा निकायको विश्लेषण छ।

एक बहालवाला डिआइजी सुनाउँछन् ‘यो भन्दा अघि पनि सरकारले वार्ता समिति नै गठन गरेर विभिन्न समूहसँग वार्ता गरेको थियो। तर, त्यसबेला विप्लव नेकपाले वार्ता अस्वीकार गर्‍यो। अहिले आएर वार्तामा तयार हुनुको पछाडि सुरक्षा निकायको कारबाही पनि एउटा पाटो हो।’

सरकारले प्रतिबन्ध लगाएपछि हालसम्म विप्लव नेकपाका २ हजार ९८ जना नेता-कार्यकर्ता पक्राउ परेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वसन्तबहादुर कुवँर बताउँछन्। २ हजार ७ वटा मुद्दा दर्ता भएका छन्।

देशको आन्तरिक सुरक्षामा चुनौती देखिएका विभिन्न भूमिगत तथा राजनीतिक समूहसँग वार्ता गर्न भन्दै २०७५ भदौ ८ गते प्रतिनिधि सभाका सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरिएको थियो। टोलीले २३ वटा समूहसँग वार्ता गरेको थियो। भने त्यसबेला विप्लव नेकपाले वार्ता अस्वीकार गरेको बताइएको थियो। अहिले विप्लव नेकपा वार्तामा आउनुले ती डिआइजीले गरेको संकेतलाई बल पुग्न मद्दत गर्छ।

सरकारले प्रतिबन्ध लगाएपछि हालसम्म विप्लव नेकपाका २ हजार ९८ जना नेता-कार्यकर्ता पक्राउ परेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वसन्तबहादुर कुवँर बताउँछन्। २ हजार ७ वटा मुद्दा दर्ता भएका छन्। ती मध्ये १ सय २३ जना पुर्पक्षका लागि जेल चलान भएका छन्। १८ जना प्रहरी हिरासतमै छन्।

उनीहरुबाट प्रहरीले अहिलेसम्म पेस्तोल ४६ थान, गोली १३८ राउण्ड गोली, रिभल्बर २ थान र त्यसको गोली ५ थान, थ्री नट थ्री राइफल ३ नाल र त्यसको गोली ३६ राउण्ड बरामद भएको छ।

त्यसैगरी, भरुवा बन्दुक ८ नाल, छर्रा ४२८ र ३ डिब्बा, एसएलआर राइफल १ थान र त्यसको गोली ९२ थान, एलएमजी १ थान, एसएमजी ७ थान, एम १६ राइफल १ थान, प्रेसर कुकर बम २ थान, सुतली बम ८ थान, सकेट बम २३ थान, ह्यान्डग्रिनेड ३८, जिआइपाइप ८५, अन्य बम ३ थान, जिलेटिन २ किलो ८६ थान, डेटोनेटर २१० थान, अन्य गोली १७७ राउण्ड बरामद भएका छन्। यसबाट पनि विप्लव नेकपामाथि प्रहरी कारबाही तीव्र भएको देखिने प्रहरीको दाबी छ।

प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७  २०:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ पक्राउ पर्नेमा चिनियाँ राहदानी नम्बर ईएलआई ४७८१३८ बाहक ५२ वर्षीय एमए यागुबी रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले भदौ ८ गते उ... मंगलबार, भदौ ९, २०८३
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। मंगलबार, भदौ ९, २०८३
जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ पक्राउ परेका छन्। मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, भदौ ९, २०८३
लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ मंगलबार, भदौ ९, २०८३
बाराको सिमराबाट एक बालिका बेपत्ता मंगलबार, भदौ ९, २०८३
रेणु चन्दको संयोजकत्वमा राष्ट्रिय सभामा महिला समन्वय समिति गठन मंगलबार, भदौ ९, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्