• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ १८, २०८२ Sun, Jun 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
विजेता सन्तोषी जो हार्नेका लागि पनि सोच्छिन्
64x64
ऋग्वेद शर्मा बुधबार, फागुन १९, २०७७  ०७:००
1140x725

काठमाडौं- जितको उत्सवमा छोपिन्छन् हार्नेका कथा। मिहिनेत। बगेका पसिना। अनि त्याग। इतिहास भनेर सम्झिरहने व्याख्यामा पनि तारिफ हुन्छ जितकै। व्यक्तिको मिहिनेत जितपछिको हाँसोमा मात्र खोजिन्छ। परिश्रम भिरिएको तक्मामा मात्र देखिन्छ। तर, एथ्लेटिक्स खेलाडी सन्तोषी श्रेष्ठ अपवाद हुन् जो आफ्नो जितमा सन्तोष मानेर बस्दिनन्, आफूसँगै हार्नेका लागि समेत सोच्छिन्। 

सन्तोषीले मिलिसेकेण्डले जितेर पदक पाएकी छन्। केही सेकेन्डले आफू हाँसिरहँदा सँगै निराश अनुहार देखेकी छन्। बुझेकी छन्, हारका लागि नै त कसले पो मिहिनेत गर्दो हो? जितपछिको परिचयले खुशी त दिन्छ नै, तर उनी जित्नेबारे मात्र सोच्दिनन्। जितको मिहिनेत बुझेकैले हार्नेहरूबारे चिन्तित हुन्छिन्। त्यसैले त उनी सबै सन्तुष्ट हुनसक्ने खेल वातावरणको खोजीमा छिन्। 

खेलेर के हुन्छ? कहिलेसम्म खेलिरहने? भन्ने प्रश्न छलेर खेलमा अगाडि बढेकालाई सबभन्दा पीडा हारपछि नै हुने हो। यसैले त खेलकुदको सत्ता सम्हालेका सम्बद्धले हार्नेले पनि ‘किन खेलिरहेछु’ भनेर आफैंलाई प्रश्न नगर्ने खेल जगतको खोजीमा छिन् सन्तोषी। 

खेलसँग पहिले सन्तोषीको परिचय ‘कुद्छिन् पनि’ भनेर जोडिएको थियो। अहिले खेलबाहिर पनि ‘कीर्तिमानी स्वर्ण विजेता’ का रुपमा उनको परिचय बनेको छ। यसमा सन्तोषीको मिहिनेत जति छ, उनले जितेका ठाउँमा सँगै दौडिएर हार्नेहरुको साथ पनि उस्तै नै। 

सन्तोषीको नयाँ परिचय २०७६ मंसिर १७ गतेपछि बनेको हो। जहाँ उनी १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा एथ्लेटिक्सतर्फ नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय स्वर्ण जित्ने महिला खेलाडी बनेकी थिइन्। १० हजार मिटर दौड सन्तोषीले ३५ मिनेट ०७.९४ सेकेन्डमा पूरा गरेकी थिइन्। दोस्रो भएकी भारतकी कविता यादवको समय ३५ मिनेट ०७.९५ सेकेन्डको थियो। 

त्यसअघि २०७६ सालकै वैशाखमा लुम्बिनी प्रदेशमा भएको आठौँ राष्ट्रिय खेलकुदमा सन्तोषीले पाँच हजार मिटर दौडमा १६ मिनेट ३८.३५ सेकेन्डमा स्वर्ण जितेकी थिइन्। जहाँ दोस्रो स्थानमा रहेकी विश्वरुपा बुढाले १६ मिनेट ४६.०३ सेकेन्डमा दुरी पूरा गरेकी थिइन्। 

राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका यी दुई जित उदाहरण मात्रै हुन्। सन्तोषीले यसैगरी केही पलले जितेका खुशी निकै छन्। विद्यालय खेलकुददेखि नै। हुन त उनी एथ्लेटिक्स खेलाडी बन्छु भन्ने सोचेर दौडिएकी होइनन्। उनले विद्यालयमा बुझेको खेल थियो, ‘रनिङ’। जसमा जम्माजम्मी यत्ति बुझेकी थिइन्- बेतोडले कुद्ने जो अगाडि पुग्छ उसले जित्छ। 

तिनै प्रतियोगितामा सहभागी हुँदा सन्तोषीले आफू दौडिन सक्छु भन्ने बुझेकी हुन्। तर, दौडिरहन्छु भन्ने आँट आइसकेको थिएन। आफू वरपर दौडन रोक्ने वातावरण उनले विद्यालयमा छात्रा हुँदै भोगेकी हुन्। दौडिएर पदक मात्र होइन, दौडन नदिन आएका अनेक सोचलाई पनि जित्नुपर्ने थियो। जितिरहेकी छन्। 

‘जता जाँदा पनि कुदिराख्ने भएर कुद्न रमाइलो लाग्थ्यो। त्यतिखेरको समयमा केटीले कुद्नु एक त अरुले जिस्काउने अर्को त कुद्न राम्रो जुत्ता पनि नहुने समस्या थियो। त्यही भएर दौडिन्न होला भन्ने लागेको थियो तर दौडिएँ’, सन्तोषी सुनाउँछिन्। 
०००
विद्यालयमा नै नसोचेको स्पर्धामा पुरस्कार पाउँदा सन्तोषी खुब खुशी भइन्। सहभागिता बढ्दै गयो। विद्यालयकै जुत्ता र पोशाकमा नै कुदिरहिन्। उनलाई हेरेर अरुले पनि दौडिन सक्छिन् भन्ने माने। उनैमा पनि सक्छु भन्ने भावना बढ्दै गयो। त्यसपछि आफू सहभागी भएका प्रतियोगिताबाट उनी खालि हात फर्कनु परेन। 

त्यसबेलादेखि नै सन्तोषीले दौडने कुरालाई रुचि बनाइन्। उनको पहिलो प्राथमिकता अध्ययन नै थियो। अहिलेसम्म पढाइसँगै खेल उसैगरी बढिरहेको छ। उनी भन्छिन्, ‘सुरुदेखि नै दौडने कुरा अतिरिक्त हो, मेरो पहिलो कुरा पढाइ हो भन्ने सोचेर नै अघि बढेको हुँ। पढाइलाई महत्व दिएर बढ्दा दौडमा राम्रो अभ्यास भने भएन। प्रतियोगितामा सहभागी हुनु नै अभ्यास जस्तो भइरहेको थियो।’ 

पाएका सफलताले दौडमा उनले दिने समय बढ्दै गयो। बिहान नभ्याएको बेला राति भए पनि कुद्न थालिन्। उनको सोच थियो, ‘दिनमा एकपटक भए पनि जुत्ता लगाएर बाहिर निस्कन्छु नै।’ 

त्यसै गर्दागर्दै सन्तोषी दक्षिण एसियाली खेलकुदसम्म आइपुगिन्। दक्षिण एसियाली खेलकुदमा सहभागी हुने बेलामा दौडमा अलि बढी ध्यान दिन थालिसकेकी थिइन्। त्यसको नतिजा देखियो पनि। 

एथ्लेटिक्सको यो यात्राले कति सन्तुष्ट छिन् त सन्तोषी? भन्छिन्, ‘सन्तुष्टि महसुस गर्ने कुरा हो। हुन त सन्तुष्टि मापनको पनि कुनै अन्तिम विन्दु त हुँदैन। हरेक कुरामा अझै केही बाँकी रहन्छ नै। तर, जे सोचेर एथ्लेटिक्समा लागिरहेको छु त्यो पूरा भइरहेको छ। दौडिएर म सन्तुष्ट छु।’

सन्तोषीले यो खेलपछि सोचेको कुरा भयो। खेलिरहँदा मनमा आएका हजारौँ विषय पन्छाएर पदकसम्म पुग्न मिहिनेत त ठूलो छ। दौडिरहँदा दिमाग कि शून्य हुन्छ कि त धेरै कुराले भरिन्छ। लगातार पाइला बढिरहँदा मनमा उसैगरी बढिरहन्छ विगतका झझल्को। डर पनि हुन्छ। डराउनु हुँदैन भन्ने बुझेकी छन्, तर आफ्नै नियन्त्रणमा त्यो सबै कहाँ हुनु! 

‘दौडिरहँदा पनि के हुने होला, कस्तो हुने होला भन्ने सोच आइरहेको हुन्छ। हुन त अभ्यासमा आफूले यत्ति गरेको छु भन्ने सोचेर कस्तो होला भन्ने अनुमान गर्न सकिन्छ तर मान्छेको शरीर हो कुन बेला के हुन्छ भन्ने यकिन हुँदैन’, सन्तोषी भन्छिन्, ‘अरु खेलाडी कति राम्रा छन् भन्ने कुरामा पनि आफ्नो खेल भर पर्छ। जस्तो भए पनि राम्रो गर्न सकुँ भन्ने लाग्छ। आफ्नो लागि सक्नेसम्मको गरौँ भन्ने हुन्छ। आफूले शतप्रतिशत मिहिनेत गरेपछि हार्दा पनि सन्तुष्टि मिल्छ।’ 

यसैले हो, उनी हार्नेहरूबारे पनि सोच्ने गर्छिन्। सबैको चिन्ता लाग्छ। अन्तिममा पर्नेको इच्छा पनि दौडनु अघि पहिलो हुने नै हुन्छ भन्ने सोचेर उनलाई सबैको खेल राम्रो होस् भन्ने लाग्छ। ‘सबैको राम्रो होस् तर अलि बढी राम्रो मेरो होस्, सबैले सोचेको जस्तो होस्, अन्तिममा अलिकतिले भए पनि जित मेरो होस्’, यसो भनिरहँदा उज्यालिएको छ सन्तोषीको अनुहार।
०००
शिखरमा पुग्न कुनै विषयमा प्रतिभा कति र अभ्यास कति आवश्यक पर्छ? यसको जवाफ सहज छैन। तर, यो समय मिहिनेत गर्नेहरुकै हो। प्राकृतिक रुपमा आएका केही गुणलाई रुचि अनुरुप अभ्यासले गरिने परिवर्तन बाहेक उपलब्धिको मापनमा मिहिनेतकै महत्व ठूलो हुन्छ। सन्तोषीका लागि पनि। 

‘हुन त कोही त्यही कामका लागि जन्मिएको हो भनेर तारिफ गर्ने पनि कुनै काममा कोही सफल भइसकेपछि हो। त्यसैका लागि जन्मिएको भए पनि अवसर र अभ्यास नहुने हो भने सफल भइँदैन नै। मन भएर मात्र हुँदैन शरीरले साथ त दिनै पर्छ। दौडमा सुहाउँदो शरीरको बनावटले सजिलो पनि हुन्छ’, उनी भन्छिन्। 

मिहिनेतबाट अघि बढेको जितमा वरपर हुने व्यवहारको परिवर्तन जितपछि खेलाडीले महसुस गर्छन् नै। त्यसमा पदक जित्नुअघि र पदक जितेपछि खेल क्षेत्रले गर्ने व्यवहारमा कस्तो परिवर्तन भएको छ भन्ने सन्तोषीले पनि बुझेकी छन्। तर, पहिले पनि देखिने कुनै व्यवहार नहुँदा त्यो कुरा महसुस गर्न गाह्रो हुन्छ। 

‘पहिला धेरैले खासै चिन्नुहुँदैनथ्यो। सागमा स्वर्ण जितेपछि सञ्चार माध्यममा आएका समाचारले पनि धेरैले चिन्नुभयो। एथ्लेटिक्स राम्ररी बुझ्नेले सागमा जितेको पदक ऐतिहासिक थियो भन्ने कुरा पनि गर्नुहुन्छ। त्यसैले सबै कुराले पहिले र अहिले भिन्नता त हुन्छ नै’, उनले सुनाइन्।

सागमा खेले पनि नजितेको भए त को हो को हो भएर हराइन्थ्यो जस्तो उनलाई लाग्छ। जितपछि अहिले जिम्मेवारी बढेको महसुस भएको पनि छ। कुनै पनि कुरामा अघि बढ्नु भनेको झन् अघि पुग्ने चुनौती पनि हो जस्तो लाग्छ। केही दबाब महसुस पनि हुन्छ। अब यो भन्दा बढी के गर्ने भन्ने प्रश्न आइरहेको हुन्छ। जित्नु नै ठूलो कुरा होइन, त्यसलाई निरन्तर अघि बढाउन सक्नु नै ठूलो कुरा हो। यो सन्तोषीको वर्तमानको सोच हो। 

दौडपछि पनि के गर्न सकिन्छ भन्नेमा आत्मविश्वास छ। त्यसैले फरक रुपमा सोच्न सकिरहेकी छन्। तर सबैको त्यो सोच हुँदैन। नेपालमा विभागीय टिमबाहिर रहेर दौडनेका लागि त अझ कठिन नै। 

‘विभागमा हुँदा कस्तो हुन्छ भन्ने महसुस गर्न मैले त सक्दिनँ। तर विभागबाहिर भएर खेलकुदमा लाग्न मुस्किल नै छ। विभागमा भएका र बाहिर भएका खेलाडीले गर्ने अभ्यास त उस्तै हो, त्यसमा विभागका खेलाडीको काम नै त्यही हुन्छ भने बाहिरका खेलाडी अभ्यास गरेर अरु पनि काम भ्याउनुपर्ने बाध्यता हुन्छ। घरको चिन्ता पनि विभागबाहिर रहँदा नै बढी हुन्छ’, उनले सुनाइन्। 

त्यसमा सम्बन्धित निकायले खेलकुद प्रतियोगिता नै नगरिदिँदा अझ डर हुन्छ। जीवन यसरी नै चल्छ त भन्ने प्रश्न बढ्छ। मन खिन्न भइरहेको हुन्छ। कुदेर मात्र के गर्न खोजेको भन्ने प्रश्नको उत्तर दिन नसक्दा धेरै गज्याङगुजुङबाट गुज्रिरहेको महसुस हुन्छ। त्यही भएर नै विभागबाहिर रहेर जित्ने खेलाडी विरलै सुनिन्छ। कि उनीहरु कुनै विभागमै आबद्ध हुन्छन् कि त खेलबाटै पलायन हुन्छन्।

पलायनको श्रृङ्खला विभागमा आबद्ध खेलाडीमा नै बढिरहेको समयमा विभागबाहिरको मुस्किल त सन्तोषीले भने भन्दा ज्यादा देखिन्छ। जितबाहिर खेल क्षेत्रलाई महत्व नहुँदा जित्ने दिनको प्रतीक्षामा कतिले कहिलेसम्म मेहनत गरिरहुन्?

सन्तोषी भन्छिन्, ‘देशमा खेललाई महत्व नै नदिएको भन्न मिल्दैन, तर महत्व दिएको छ भन्ने अवस्था पनि छैन। जितिसकेपछि भने केही प्रोत्साहन छ। प्रतियोगितामा नगद पुरस्कार पनि भइरहेको हुन्छ। तर, त्यो जित्नेका लागि मात्र हो। बाँकी? खेलमा लाग्ने सबैका लागि, जित्दा जित्दै हार्नेका लागि पनि बाँच्ने आधार त भेटिनै पर्छ।’

सबैलाई समेट्ने गरी, पछिसम्म हुने गरी सबै खेलाडीको बारेमा सोचिएको देखिँदैन। जित्ने खेलाडी केही हुन्छन् तर जितका लागि मिहिनेत गरिरहेका खेलाडी कति हुन् कति। ‘मलाई जित्ने नजित्ने भन्दा पनि खेलाडीको खेलमा पहिले भन्दा पछि सुधार हुन सकोस् भन्ने मुख्य कुरा हो जस्तो लाग्छ। सबैले उत्कृष्ट खेल देखाउन सक्ने वातावरण भने हुनुपर्छ’, उनले भनिन्।
०००
धादिङको ज्वालामुखी गाउँपालिकाबाट काठमाडौं आएर विद्यालय पढ्दा सन्तोषीले जतिबेला दौडन सुरु गरेकी थिइन्, त्यसबेला धेरै कुरा थाहा थिएन। तर सबै थाहा छ जस्तो लाग्थ्यो। अहिले धेरै थाहा छ तर उनी केही पनि थाहा नभएको महसुस गर्छिन्। त्यो परिवर्तन अहिले भएको हो। अहिले अरुबाट सुधार गर्नुपर्ने कुराहरु पनि थाहा पाइरहेकी छन्। अभ्यासमा मिहिनेत गर्न सक्ने खुबी बढेको छ जस्तो लाग्छ। तर पनि धेरै कुरा थाहा पाउन बाँकी छ जस्तो लाग्छ। 

विद्यालय खेलकुददेखि यहाँसम्म आउँदाको यात्रामा सुधार भएका कुराहरु देखेर उनलाई खुशी लाग्छ तर, कहिलेसम्म खेल्ने भन्ने कुराले दबाबको महसुस बढिरहेकै छ। 

पहिले त उनलाई कुनै प्रतियोगिता आउनुअघि यसमा पदक जित्न पाए खेल्न छोडिदिन्छु जस्तो लाग्थ्यो। तर त्यस्तो हुँदैन रहेछ। इच्छा बढ्दै जाने कुरा रहेछ। आफूमा सुधार गर्नुपर्ने कुरा बढेको महसुस भएजस्तै। आज एउटा कमजोरीमा गरेको सुधारपछि फेरि अर्को कमजोरी भेट्छिन्। त्यो उनको लगनशीलताको परिणाम हो। आफूले गरिरहेको कामलाई गहिरिएर विचार गर्ने मिहिनेतको उपलब्धि हो। 

‘शतप्रतिशत राम्रो भन्ने हुँदैन रहेछ, केही न केही कमी भइरहने। ला! यस्तो भयो भने, मैले दौडिरहँदा अगाडि बढ्न सकिनँ भने जस्तो लाग्छ। कहिलेकाहीँ आफूलाई दुःख दिन माया लाग्छ। खेलाडीले हुन त आफूलाई दुःख दिने नै हो। तर मलाई दौडँदा कहिलेकाहीँ आफ्नो माया पनि लाग्छ। अलि गति कम गरौँ कि जस्तो पनि लाग्छ। तर त्यसरी सोच्दा अर्को खेलाडी अघि बढ्न सक्छ। आफूलाई अनुशासित राख्ने कुरामा विशेष विचार गर्नुपर्ने हुन्छ’, उनले सुनाइन्। 

कहिलेसम्म दौडिन सकिन्छ भन्ने सन्तोषीलाई थाहा छैन। कहिलेसम्म दौडिने भन्ने प्रश्न त उनलाई आफन्तले पहिलेदेखि नै सोधिरहेका हुन्थे। तर, कहिलेसम्म दौडन्छु भन्ने यकिन छैन, जहिलेसम्म दौडन्छु शतप्रतिशत मिहिनेत गर्छु भन्ने उनलाई थाहा छ। 

‘जहाँसम्म सक्छु, सकुञ्जेल खेल्छु। जुन दिन सक्दिनँ भन्ने लाग्छ त्यही दिन छाडिदिन्छु। ओलम्पिक खेलौँ भन्ने त हरेक खेलाडीको सपना भइ नै हाल्छ’, उनी भन्छिन्, ‘ठूला प्रतियोगितामा पुग्न पाए हुन्थ्यो भन्ने मलाई पनि छ। ओलम्पियन भनेर चिनिने चाहना छ। एकपटक ओलम्पिक खेल्न पाए भन्ने लाग्छ।’ 

सन्तोषीले घरबाट राम्रो सहयोग पाइरहेकी छन्। आमाबुबा गाउँमा हुँदा दाइ, भाइ र उनी मात्र काठमाडौंमा बसेर मिहिनेत गरिरहेका छन्। ‘आमाबुबा सँगै भएको भए कि धेरै अगाडि पुग्थेँ कि खेलेर केही हुन्न भन्ने भएर पछाडि पर्थेँ भन्ने लाग्छ। खेलेर हुँदैन, पढ्नु पर्छ, धेरै धपेडी नगर भनेर त भनिरहनु हुन्थ्यो’, उनी भन्छिन्, ‘अहिले पनि अब पुगेन र? भनेर सोधिरहनु भएको हुन्छ। त्यो मेरो माया लागेर हो। केही कुरा स्थायी होस् भन्ने नै हो। जिन्दगी के गरी चलाउँछ भन्ने यकिन छैन नि त।’

खेलेरै बाँच्ने आधार कहिले बन्छ भन्ने प्रश्नको जवाफ सन्तोषीसँग छैन। जसले यसको जवाफ दिनुपर्ने हो उनीहरुलाई पनि सायद थाहा छैन। ‘पहिलेभन्दा सुधार त भएको छ, अझ सुधार होस्। खेलाडीहरु खेलमा लाग्न सक्ने वातावरण बनिरहोस्। जितेर पाउने कुरा छँदैछ तर जिताउने वातावरण बन्ने खालका कार्यक्रम पनि आओस् भन्ने लाग्छ’, उनले सुनाइन्।
०००


सन्तोषीमा अहिले पनि मैले केही गरेँ भन्ने महसुस भन्दा ज्यादा केही गर्नुपर्छ भन्ने सोच नै देखिन्छ। त्यहीकारण हुनसक्छ, कसैले तारिफ गरिदिँदा उनलाई अप्ठ्यारो महसुस हुन्छ। 

पहिलेदेखि नै उनलाई मैले केही गरेँ भन्ने सोच भन्दा केही गर्छु भन्ने महसुस हुन्थ्यो। आफूले आफूलाई केही गरेँ भन्ने घमण्ड, यस्तो भयो भन्ने पश्चाताप या जितको खुशी, त्यस्तो कुरा धेरै महसुस छैन। सबैले जीवन बाँच्न केही दुःख गरेकै हुन्छन्। दुःख खपेर आफूलाई अगाडि बढाउने चुनौती लिन सक्नु राम्रै हो भन्ने लाग्छ। अरु भन्दा फरक गरेँ भन्ने चाहिँ उनलाई लाग्दैन। 

उनलाई पढाइ र जागिरमा लागिरहने सबैले दुःख गरेर पनि कति निरश जीवन बाँचिरहेछन् भनेजस्तो पनि लाग्छ। ‘मिहिनेत त हरेकले धेरै गर्नु परिरहेको हुन्छ नै। अझ यताउति हिँड्दा निर्माणको काममा लागिरहेका मजदुर देखेर पनि प्रेरणा पाइरहेको हुन्छु। मैले दुई महिनामा केही गरेकै छैन, यहाँ पिलर उठाएर पनि एक तला बनाइसकेछन् जस्तो लाग्छ। त्यसले मलाई चिन्ता हुन्छ कि मैले त केही गरेकै छैन। उहाँहरुको काम गाह्रो हो कि जस्तो लाग्छ’, गहिरो दर्शन बोलेजसरी सन्तोषीले भनिन्। 

पढाइमा मिहिनेत गरिरहेको समयमा खेलमा पनि हुँदा चाहिँ साथीहरुको जीवन सजिलो छ जस्तो उनलाई लाग्थ्यो। उनीहरुलाई परीक्षा सकेर फुर्सद हुने रमाइलो छ, म त खेलमा अभ्यासमा लाग्नुपर्छ भने जस्तो। तर, अहिले हेर्दा रमाइलो उनीहरुलाई होइन मलाई रहेछ भन्ने उनलाई महसुस हुन्छ। भन्छिन्, ‘मैले दुई वटा जीवन एकैपटक बाँच्न पाइरहेको रहेछु।’ 

प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
कमल थापा र दीपक सिंहसहित ७ जना रिहा आइतबार, जेठ १८, २०८२
भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा आइतबार, जेठ १८, २०८२
राप्रपाको आन्दोलनपछि प्रशासनले घोषणा गर्‍यो थप तीन ठाउँलाई निषेधित क्षेत्र आइतबार, जेठ १८, २०८२
गाजापट्टीमा राहत लिन बसेकामाथि गाेली प्रहार, कम्तीमा ३१ को मृत्यु आइतबार, जेठ १८, २०८२
पक्राउ परेका नेता, कार्यकर्ता रिहा नगरे थप आन्दोलन घोषणा गर्ने राप्रपाको निर्णय आइतबार, जेठ १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रातो मच्छिन्द्रनाथको भोटो जात्रा
रातो मच्छिन्द्रनाथको भोटो जात्रा आइतबार, जेठ १८, २०८२
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो)
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो) आइतबार, जेठ १८, २०८२
राजावादीको प्रदर्शन सुरु (भिडियो)
राजावादीको प्रदर्शन सुरु (भिडियो) शुक्रबार, जेठ १६, २०८२
सेनानीहरुको सम्मान कार्यक्रम – २०८२ (भिडियो)
सेनानीहरुको सम्मान कार्यक्रम – २०८२ (भिडियो) शुक्रबार, जेठ १६, २०८२
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
कमल थापा पक्राउ परेपछि राजेन्द्र लिङ्देनले भने- भोलिदेखि ५० ठाउँबाट निस्किन्छौं आइतबार, जेठ १८, २०८२
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ आइतबार, जेठ १८, २०८२
कमल थापा र दीपक सिंहसहित ७ जना रिहा आइतबार, जेठ १८, २०८२
कमल थापालाई भेट्न गएका दिपक सिंह प्रहरी परिसरमै पक्राउ आइतबार, जेठ १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
यसै साता मनसुन नेपाल भित्रिने मंगलबार, जेठ १३, २०८२
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला आइतबार, जेठ ११, २०८२
आजको राजावादी प्रदर्शन सकियो, ३ जना नियन्त्रणमा बिहीबार, जेठ १५, २०८२
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार बढ्यो बिहीबार, जेठ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्