काठमाडौं- भारतीय दुईपांग्रे सवारी उत्पादक कम्पनी बजाज अटोले इलेक्ट्रिक मोटरसाइकल ल्याउने भएको छ। कम्पनीले हाल सर्वाधिक चर्चामा रहेको १ सय २ सिसी इन्जिन क्षमताको प्लाटिना मोटरसाइकललाई परिमार्जन गरि इलेक्ट्रिक भर्सनमा ल्याउने घोषणा गरेको हो।
बजाजले प्लाटिनालाई परिमार्जन गरि प्लाटिना १०० इलेक्ट्रिक स्मार्ट ल्याउने भएको छ। जसको मूल्य ५३ हजार ९ सय २० भारु पर्ने कम्पनीले जनाएको छ। कम्पनीले प्लाटिना १०० इलेक्ट्रिकलाई लामो यात्रामा सहज हुने गरि बनाउने बताएको द इकोनामिक टाइम्सले लेखेको छ।
इलेक्ट्रिक प्लाटिना ट्युबलेस हुने छ। बजाज प्लाटिना एउटा ब्रान्ड नै बनिसकेको छ। भारतमा प्लाटिनाका ७० लाख भन्दा बढी उपभोक्ता रहेका छन्। त्यसैले कम्पनीले मोटरसाइकलमा पहिलो इलेक्ट्रिक मोटरसाइकलका रुपमा प्लाटिना ल्याउने घोषणा गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।