काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेज र अस्पताल बन्दा केही मानिस अनसन बस्ने र बसाइने गरेको भन्दै डा गोविन्द केसीमाथि लक्षित आलोचना गरेका छन्। झापास्थित् दुर्गा प्रसाईको बिएण्डसी मेडिकल कलेजको क्यान्सर अस्पताल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन्।
‘आलोचना गर्ने गर्दै गर्छन् तर हामी काम गर्छौं ’ उनले भने, ‘नदेख्न खोजेपछि केही लाग्दैन। यहाँ मेडिकल कलेज बन्छ भनेर कोही अनसन बस्छन् र कसैलाई बसाउन लगाइन्छ।’
प्रधानमन्त्री ओलीले प्रसाईंको प्रशंसा गर्दै बिएण्डसीलाई काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिने घोषणा समेत गरे। मापदण्ड नपुगेको भन्दै लामो समयदेखि रोकिएको सम्बन्धन् दिने विषयमा प्रधानमन्त्रीले घोषणा नै गरिदिएका छन्। नियमनअनुसार मेडिकले कलेजको सम्बन्धन राष्ट्रिय चिकित्सा शिक्षा आयोगको सिफारिसमा विश्वविद्यालयले दिनुपर्ने हुन्छ।
र्सी चालम भनेर आलोचना गरेपनि प्रसाईंले त्यसैलाई ब्रान्ड बनाएर अघि बढेको प्रधानमन्त्री ओलीले दाबी गरे। सबै नेपालीको साझा आकांक्षा समृद्ध नेपाल, सुखी नेपाली भएको प्रधानमन्त्रीको भनाइ छ। देश बनाउन आफूले संकल्प गरेको भन्दै उनले अब पछाडि नहट्ने बताए।
कार्यक्रममा ओलीलाई प्रसाईंले असस्पताललाई सम्बन्धन नपाएकोले कहिले पाउँछ भनि प्रश्न गरेका थिए। जवाफमा ओलीले भने, ‘यसको सम्बन्धन काठमाडौं विश्वविद्यालयले दिन्छ।’
सातै प्रदेशमा औधोगिक क्षेत्र बनाउने काम सरकारले सुरु गरेको पनि उनको दाबी छ। २१ सय विघामा नेपालकै ठुलो औद्योगिक क्षेत्र बनाउने कार्य शिलन्यास भएको भन्दै उनले अब विकासमा सरकार तीव्र गतिमा अघि बढेको दाबी गरे। उनले एउटै क्षेत्रमा ३१ सडक र पाँच वटा पुल उद्घाटन भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।