ललितपुर- ललितपुर महानगरपालिकाले प्रिमियर इन्टरनेसनल आइबी वर्ल्ड स्कुल, सातदोबाटोलाई क श्रेणीको विशेष सुविधायुक्त विद्यालय सञ्चालन गर्न अनुमति दिएको छ।
शिक्षा नियमावली २०५९ को (संशोधनसहित) नियम १५४ को अनुसूचि २१ बमोजिम आफ्नो स्कुलभित्रको शैक्षिक संरचना, पूर्वाधार र गुणस्तर सँग–सँगै विद्यालयले सार्वजनिक शिक्षाको स्तर बढाउनका लागि गर्न सक्ने योगदान र क्षमता हेरेर उक्त अनुमति प्रदान गरिएको बताइएको छ।
प्रिमियर इन्टरनेसनल आईबी वर्ल्ड स्कुलले प्रिमियर एडुकेसन नेटवर्कको अभिन्न अङ्गका रूपमा किन्डरगार्डेन देखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई शिक्षा दिँदै आएको छ। शिक्षामार्फत् समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले स्थापित प्रिमियर एडुकेसन नेटवर्क शिक्षा क्षेत्रको अग्रणी नाम बन्न सफल भएको दाबी गरिएको छ।
सन् २००८ मा स्थापित प्रिमियर एडुकेसन नेटवर्कले गुणस्तरीय शिक्षाको खोजीमा विदेश जानुपर्ने बाध्यतालाई कम गर्दै देशमै उच्चस्तरीय शिक्षा प्रदान गरी विश्व–बजारमा आवश्यक पर्ने अब्बल जनशक्ति उत्पादन गर्र्ने कार्यलाई मुख्य उद्देश्य राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।