काठमाडाैं- पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो।
जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११६ रुपैयाँ र डिजेल/मट्टितेलको प्रतिलिटर ९९ रुपैयाँ कायम भएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रूपैयाँ मूल्यवृद्धि गरेको हो।
यस्तै हवाई इन्धनको मूल्य आन्तरिक उडानतर्फ प्रतिलिटर ७२ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर ८९३ अमेरिकी डलर कामय गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।