काठमाडौं- नेपालको लागि एक्स्कर्स मेसिनहरुको आधिकारिक बिक्रेता आइएमई अटोमोटिभ्स् प्रालिले एक्स्कर्सको हेभि इक्यूपमेन्ट सेगमेन्टमा नयाँ मेसिन डिजीम्याक्स थ्रीई ब्याक्हो लोडर सार्वजनिक गरेको छ।
नयाँ मेसिन अत्याधिक कार्यक्षमतासहितको रहेको कम्पनीले जनाएको छ। अपरेटरलाई काम गर्न सजिलो होस् भनेर ठूलो क्याबिन बनाइनुका साथै फ्युल इफिसेन्सीमा विशेष ध्यान दिएको छ। डिजीम्याक्स थ्रीई ब्याक्हो लोडरमा अगाडि रहेको बोनेट हुडलाई इटालीयन क्याबिन डिजाइनबाट साभार गरी विशेष आकर्षक बनाइएको छ।
रातिको समयमा काम गर्न सजिलो होस् भन्ने उद्देश्यका साथ मेसिनको लाइटिङ सिस्टममा पावरफुल तथा ठूलो साइजका लिड लाइटहरु प्रयोग गरिएको छ। सहजै मेसिन सञ्चालन गर्नलाई स्विच साथै इन्सट्रुमेन्ट बोर्डहरुमा लाइटिङको व्यवस्था गरिएको छ भने टुल्सहरु राख्न एक्स्ट्रा स्पेस उपलब्ध छ।
यो मेसिन बजारमा उपलब्ध मसिनहरुभन्दा अत्याधुनिक तथा युजर फ्रेण्डल्ली भएको दाबी कम्पनीको छ। डिजीम्याक्स थ्रीई चौंथो जेनेरेसन विशेषतामा आधारित छ। मेसिनको अपरेसन खर्च कम लाग्ने भएकाले ब्याक्हो लोडर सेगमेन्टमा एक्स्कर्सको मार्केट सेयर बढ्ने अनुमान कम्पनीको छ।
नेपालमा एक्स्कर्सको करिब ११ सय वटा भन्दा बढी मसिनहरु छन्। आइएमई अटोमोटिम्सले देशभरका १२ वटै शाखामा २०१४ देखि एक्स्कर्स कन्ट्रक्सन इक्युपमेन्टका ब्याक्हो लोडर, सोइल कम्पयाक्टर, हाइड्रा क्रेनहरु बिक्री आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।