काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूहरुविरुद्ध गम्भीर षडयन्त्र भएको दाबी गरेका छन्।
पोखरामा कार्यकर्तालाई सम्बाेधन गर्दै ओलीले यस्तो दाबी गरेका हुन्। ‘हाम्राविरुद्ध गम्भीर षडयन्त्र चलिहरेको छ। देशभित्रर र देश बाहिर चलिरहेको छ’ ओलीले भने, ‘किन हाम्राविरुद्ध क्रियाशील छन्। किन हाम्रो पार्टीविरुद्ध यस्तो हुँदैछ?’
अहिले देश विशेष परिस्थितिमा रहेको भन्दै उनले जनताको सपना पूरा हुन नदिने यस्तो भइरहेको दाबी गरे। यस्ता शक्तिहरु देशभित्र र देशबाहिर रहेको उनको दाबी छ।
'हामी राष्ट्रलाई सार्वभौम समान देशको रुपमा विश्वसामु उभ्याउन चाहान्छौं’ ओलीले भने, ‘स्वाधिन छौं तर, पराधीन स्वीकार नगर्ने र भौगोलिक अखण्डतालाई माया गर्छौं त्यसैले यस्तो भइरहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।